साना किसान खुदुनावारीलाई उत्कृष्ट व्यवसाय पुरस्कार

झापा । अर्जुनधारा नगरपालिका–३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेशस्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार पाएको छ ।

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष समारोहमा संस्थालाई नगद २५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस पटक आफ्नो संस्थाले पाएको साना किसान कृषि सहकारी संस्था अर्जुनधाराका अध्यक्ष कृष्णप्रसाद दंगालले जानकारी दिए ।

उनका अनुसार महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख देवराज घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ÷संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

पुरस्कार वितरण समारोहमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दंगाल, उपाध्यक्ष नन्दलाल खनाल, लेखा संयोजक विष्णुलाल ढकाल, मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेल, संचालक सदस्य गोविन्द घिमिरे, दिनेश घिमिरे, विन्दा पाण्डे, डम्बरकुमारी अधिकारीको उपस्थिति रहेको थियो ।

सो सहकारी सामाजिक क्षेत्रमा क्रियाशील अर्जुनधाराको सबैभन्दा पुरानो सहकारी संस्था हो । किसानको हकहितमा आधारित रहँदै समुदायमा समर्पित यस संस्था नेपालको उत्कृष्ट सहकारीमा पर्दछ ।

संस्था यसअघि जिल्लाका विभिन्न विधामा पुरस्कृत भैसकेको जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago