जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन्न

जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन्न
दयाराज न्यौपाने
पाल्पा चैत १९ /बगनासकाली गाउँ पालीका ८ बराङ्दीको आयोजनामा जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन भएको छ । बगनासकाली ८ बराङ्दी भित्रका ५ जना असल बुहारी र ७५ बर्ष उमेर पुरा हुनु भएका ६ जना महिला र ५ जना पुरुष गरी ११जना जेष्ठ नागरिकलाई ,सम्मान पत्र ,दोसल्ला, टर्चलाईट,थर्मस ,छाता नगद र मिष्ठान खाना खुवाई सम्मान गरीएको थियो
बगनासकाली गाउँ पालीकाका ८का सचिव नारायण प्रसाद आचायले आ.व. ७९/८०को बजेटबाट वडा कार्यालयको निर्णय बमोजीम असल बुहारीको छनोटको आधार सासु ससुरा संग सगै बसेको,असल व्यवहार प्रस्तुत गरेको हेरचाहा र थप माया स्नेहगरेको आधारमा बैठकले छनोट गरेको बताउदै आगामी दिनमा समेत अझ उत्कृष्ट बुहारी सम्मान कार्यक्रम निरन्तर दिने बताउनु भयो।

सम्मान कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले जेष्ठ नागरिकहरुको सम्मानले समाजलाई असलकर्मको बाटोमा लाग्न उत्प्रेरणा मिल्ने बताउदै समाज र देशको लागि गरेको योगदान निकै महत्त्वपूर्ण रहेको बताउनु भएको छ । पालिकाले पछिल्लो समय बैंक बाट नै बितरण गर्ने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा पुर्याउने कामको थालनी गरेको उहाको भनाइ छ । उहाले भन्नुभयो आगामी दिनमा घर घरमा पुर्याउन प्रयास गरेको बताउदैसम्मानितहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
बडा अध्यक्ष मोतिलाल बस्याल बुहारी सम्मान र जेष्ठ सम्मानले असलकाममा लाग्न हौसाला प्रदान गर्ने भन्दै सम्मान गर्ने पाउदा खुसी भएको बताउनु भयो । बुहारी सम्मान कार्यक्रमले जिम्मेवारी अझ थप भएको बताउदै सम्मानीत गीता बश्यालले भन्नु भयो जेष्ठको अनुभवलाई जिवनको सहि बाटोमा लगाउने गरि योजनाकासाथ लाग्ने बताउनु भयो ।
सम्मान कार्यक्रमा सहभागी बराङ्दीका जेष्ठ नागरिकहरुले आफुहरुलाई वडा कार्यलयले सम्मान गरेकोमा खुसी व्यक्तगदै उहाहरुलेले भन्नु भयो सम्मानले बिगतमा भोगेका तिता भोगाई समेत बिर्सिएको उहाहरुको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका गणेश प्रसाद बस्याल ,नेकपा एमालेका बिमला बस्याल ,माओवादी केन्द्रका नेत्र प्रसाद बस्याल ,सम्मानित जेष्ठ नागरिक गणेश प्रसाद बस्याल , लगायतले बोल्दै जेष्ठ नागरीक तथा असल बुहारी सम्मान कार्यक्रमले सामाजिक न्याय र सामाजिक संस्कारको राम्रो बिकास भएको बताउदै प्रतेक घर परिवारले सिको गर्नु पर्ने बताउनु भएको छ। कार्यक्रम जेष्ठ नागरिक समन्वय समिति बराङ्दीका संयोजक चन्द्रकान्त बश्यालको अध्यक्षतामा चलेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago