जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन्न

जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन्न
दयाराज न्यौपाने
पाल्पा चैत १९ /बगनासकाली गाउँ पालीका ८ बराङ्दीको आयोजनामा जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन भएको छ । बगनासकाली ८ बराङ्दी भित्रका ५ जना असल बुहारी र ७५ बर्ष उमेर पुरा हुनु भएका ६ जना महिला र ५ जना पुरुष गरी ११जना जेष्ठ नागरिकलाई ,सम्मान पत्र ,दोसल्ला, टर्चलाईट,थर्मस ,छाता नगद र मिष्ठान खाना खुवाई सम्मान गरीएको थियो
बगनासकाली गाउँ पालीकाका ८का सचिव नारायण प्रसाद आचायले आ.व. ७९/८०को बजेटबाट वडा कार्यालयको निर्णय बमोजीम असल बुहारीको छनोटको आधार सासु ससुरा संग सगै बसेको,असल व्यवहार प्रस्तुत गरेको हेरचाहा र थप माया स्नेहगरेको आधारमा बैठकले छनोट गरेको बताउदै आगामी दिनमा समेत अझ उत्कृष्ट बुहारी सम्मान कार्यक्रम निरन्तर दिने बताउनु भयो।

सम्मान कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले जेष्ठ नागरिकहरुको सम्मानले समाजलाई असलकर्मको बाटोमा लाग्न उत्प्रेरणा मिल्ने बताउदै समाज र देशको लागि गरेको योगदान निकै महत्त्वपूर्ण रहेको बताउनु भएको छ । पालिकाले पछिल्लो समय बैंक बाट नै बितरण गर्ने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा पुर्याउने कामको थालनी गरेको उहाको भनाइ छ । उहाले भन्नुभयो आगामी दिनमा घर घरमा पुर्याउन प्रयास गरेको बताउदैसम्मानितहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
बडा अध्यक्ष मोतिलाल बस्याल बुहारी सम्मान र जेष्ठ सम्मानले असलकाममा लाग्न हौसाला प्रदान गर्ने भन्दै सम्मान गर्ने पाउदा खुसी भएको बताउनु भयो । बुहारी सम्मान कार्यक्रमले जिम्मेवारी अझ थप भएको बताउदै सम्मानीत गीता बश्यालले भन्नु भयो जेष्ठको अनुभवलाई जिवनको सहि बाटोमा लगाउने गरि योजनाकासाथ लाग्ने बताउनु भयो ।
सम्मान कार्यक्रमा सहभागी बराङ्दीका जेष्ठ नागरिकहरुले आफुहरुलाई वडा कार्यलयले सम्मान गरेकोमा खुसी व्यक्तगदै उहाहरुलेले भन्नु भयो सम्मानले बिगतमा भोगेका तिता भोगाई समेत बिर्सिएको उहाहरुको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका गणेश प्रसाद बस्याल ,नेकपा एमालेका बिमला बस्याल ,माओवादी केन्द्रका नेत्र प्रसाद बस्याल ,सम्मानित जेष्ठ नागरिक गणेश प्रसाद बस्याल , लगायतले बोल्दै जेष्ठ नागरीक तथा असल बुहारी सम्मान कार्यक्रमले सामाजिक न्याय र सामाजिक संस्कारको राम्रो बिकास भएको बताउदै प्रतेक घर परिवारले सिको गर्नु पर्ने बताउनु भएको छ। कार्यक्रम जेष्ठ नागरिक समन्वय समिति बराङ्दीका संयोजक चन्द्रकान्त बश्यालको अध्यक्षतामा चलेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago