बिर्तामोड। बिर्तामोड नगरपालिकाले सयजना विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहीवार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाले एक सय जनालाई ब्लाङ्केट वितरण गरेको हो ।
सामाजिक विकास शाखाको वार्षिक कार्यक्रमअन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका १०÷१० जनालाई ब्लाङ्केट वितरण गरिएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको बताइन् । आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै उनले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान दिन आग्रह गरिन् ।
यस्तै नगर उपप्रमुख तथा स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार समन्वय समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले मापदण्डका आधारमा ब्लाङ्केट वितरण गरेको बताए । यस शिर्षकमा यो वर्ष दुई लाख रुपैयाँमात्रै बजेट रहेका कारण सबैलाई समेट्न गाह्रो भएको भन्दै उनले बाँकी रहेका विपन्न जेष्ठ नागरिकहरुलाई अर्को वर्ष वितरण गर्ने जानकारी दिए ।नगरपालिकाले ब्लाङ्केट लिन आउने सबै विपन्न जेष्ठ नागरिकहरुलाई जनही दुई सय रुपैयाँका दरले भाडासमेत दिएको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्कीलगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…