काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी काे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। बैठक रास्वपा पार्टी कार्यालय बसुन्धरामा सुरु भएको हो।
बैठकमा सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा छलफल हुने बताइएको छ। रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविकाे नागरिकता अवैध भएकाे भन्दै सर्वाेच्चले गरेकाे फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयकाे टुङ्गाे लगाउने बताउँदै आएका छन्।
आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली रविलाई गृह मन्त्रालय दिन तयार छन् भने प्रधानमन्त्री दाहाल भने गृह मन्त्रालय सुम्पिन तयार भएका छैनन्।
रविले त्यसलगत्तै आइतबार जिल्ला प्रशासन काठमाडाैँबाट नेपाली नागरिकता लिए पनि उनले पुन:जिम्मेवारी पाउने या नपाउने भन्ने विषयमा यतिबेला चर्काे बहस चलिरहेकाे छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…