काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी काे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। बैठक रास्वपा पार्टी कार्यालय बसुन्धरामा सुरु भएको हो।
बैठकमा सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा छलफल हुने बताइएको छ। रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविकाे नागरिकता अवैध भएकाे भन्दै सर्वाेच्चले गरेकाे फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयकाे टुङ्गाे लगाउने बताउँदै आएका छन्।
आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली रविलाई गृह मन्त्रालय दिन तयार छन् भने प्रधानमन्त्री दाहाल भने गृह मन्त्रालय सुम्पिन तयार भएका छैनन्।
रविले त्यसलगत्तै आइतबार जिल्ला प्रशासन काठमाडाैँबाट नेपाली नागरिकता लिए पनि उनले पुन:जिम्मेवारी पाउने या नपाउने भन्ने विषयमा यतिबेला चर्काे बहस चलिरहेकाे छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…