अष्ट्रेलियाको ब्रिसबेनमा फेरि नेपथ्य घन्कियो

ब्रिसबेन – कन्सर्टको केहिदिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो। अमृतले सोमबार बेलुकी ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्यूजिक हल’मा टनाटन भरिएका दर्शकसामु आफ्नो मनको गाँठो फुकाए। ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट विमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आह्वान गरे, ‘हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापी नगरौं।’

जवाफमा हलभरिका दर्शकले चर्को आवाज र तालीले समर्थन जनाए। ‘बाँकी जेजस्तो भएता पनि हामी नेपाली हौँ,’ अमृत थामिएनन्, ‘एउटा नेपालीले अर्को नेपालीसँग संवाद गर्ने एउटै यो माध्यम भाषालाई नयाँ पुस्तासम्म जीवित राखौंँ है।’

भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी मर्‍यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन्।’

कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे।

अघिल्ला कन्सर्टहरुमा प्रस्तुत गरिएका गीतहरुको सेटलाई नै दोहोर्‍याइएको ब्रिसबेनको कन्सर्टमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितहरुकादृश्य  देखाइएको थियो। नेपालस्थित मानवसेवा आश्रमका आश्रितहरुको मनछुने दृश्य समेटेको त्यो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो। त्यसैक्रममा अमृतले यो सिंगो वर्ष ब्याण्डलाई ‘मानवताको लागि संगीत’को निम्ति समर्पित गरेको उल्लेख गर्दै हालै यसै नाराका साथ नेपालभर गरिएको भव्य यात्राको स्मरण पनि गरे।

अष्ट्रेलियाको तेश्रो ठूलो सहरमा सोमबार आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौं पटक उभिन पुगेको छ। एक दशक अघिसम्म पनि मुश्किलले केही हजार जनामात्र नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनौट गर्नेहरु विस्तारै राम्रै उपस्थितिमा परिणत हुन थालेको देख्न सकिन्छ।

‘यति भव्यरुपमा सम्पन्न कन्सर्टको हिस्सा बन्न पाएकामा मेरो सम्पूर्ण टिम खुशीले गदगद भएको छ,’ स्थानीय आयोजक टोलीमध्येका सुनिल बस्नेत भन्दै थिए, ‘दर्शकको उपस्थिति र अत्यन्त सकरात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदियो।’

सबै पुस्ताका दर्शक अटाएको हलमा वृद्ध बाआमादेखि तन्नेरी केटाकेटीसम्म त भरिएकै थिए। त्यसैमा ह्विलचियर गुडाउँदै आइपुगेका विकास चापागाईं पनि देखिन्थे। पाँच वर्षकै उमेरदेखि ‘मस्कुलर डिजेनरेशन डिस्ट्रोफी’का शिकार विकास हाल ४३ वर्षका छन्। नेपालमा विश्वविद्यालयमै सर्वोत्कृष्ठ अंक ल्याएर उत्तीर्ण गरेपछि उनले एघार वर्षअघि पूर्ण छात्रवृत्तिका साथ अष्ट्रेलिया आएर ‘कम्यूनिटि सर्भिस’मा स्नातकोत्तर गरिसकेका छन्। हाल त्यही क्षेत्रमा कार्यरत विकास, नेपाली लोक रकको प्यास मेट्नकै निम्ति ‘फोर्टिच्यूड म्यूजिक हल’सम्मै आइपुगेका थिए।

‘मलाइ त नेपालै पुगेजस्तो पो भयो,’ उनी भनिरहेका थिए, ‘नेपथ्यका गीतहरु सुनिरहँदा खुशीले कतिपटक चिच्याए अनि कति पटक त थाम्न नसकेर रोएँ पनि।’

कार्यक्रम अवधिभर विकास बारम्बार ह्विलचियर हल्लिने गरी मच्चिरहेका देखिन्थे। ‘अमृत दाइले मञ्चबाट एक किसिमको उर्जा फैलाइरहेका थिए,’ विकासले थपे, ‘त्यो उर्जा आफूभित्र पनि भरिँदै गएको म महशुस गरिरहेको थिएँ।’

अर्की दर्शक रिना मोक्तानले ब्रिसबेनमा आजसम्म हेरेका व्यवस्थित कन्सर्टहरुमध्येकै आफूलाई यो सबैभन्दा भव्य लागेको प्रतिक्रिया दिइन्। उनी परिवारका साथ आएकी थिइन्।

‘विदेशमा कार्यक्रम गर्दा सप्ताहान्त परेन भने दर्शक जुटाउन गाह्रो पर्छ भन्ने मान्यता निकै अघिदेखि चल्दैआएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्रिसबेनमा नेपाली मात्र होइन विदेशी दर्शकको पनि सोमबारका दिन भव्य उपस्थितिले त्यो पुरानो मान्यतालाई पनि तोडिदिएको छ।’

ब्याण्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

ब्रिसबेनको प्रस्तुतिसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेश्रो शो सम्पन्न गरेको छ।

टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ फेब्रुअरीको ३ तारिख फेरि नेपथ्य घन्किने छ। अष्ट्रेलियाको केन्द्रीय राजधानी यो सहरमा नेपथ्य पहिलो पटक प्रस्तुत हुन लागेको हो। त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा शो आयोजना हुँदैछ।

त्यसपछि ब्याण्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा अष्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ। बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुति नेपथ्यले दिनेछ।

तस्बिरहरु: लबेश श्रेष्ठ/नेपालय

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago