ओलीले रवि लाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन्।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने बताएका हुन्।

सरकार गठनकाे बेला रास्वपाकाे भागमा परेकाे उपप्रधान तथा गृहमन्त्रालय उसैलाई दिनुपर्ने जनाउँदै उनले यस्ताे बताएका हुन्।
‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो। अदालतको पूर्णपाठ किन चाहियो?’, उनले भने। प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो?’

राष्ट्रपति निर्वाचनको सन्दर्भमा सोधिएको एक जिज्ञासामा ओलीले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु अनौठो कुरा नभएको तर उसले राजनीतिक संस्कार नराखेको टिप्पणी गरेका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago