च्याटजीपीटी, गुगल बार्ड र बिङलाई चुनौती दिन अलिबाबाले ल्यायो टोङ्गी चिनवेन २.०

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पछिल्लो संस्करणको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल सार्वजनिक गरेको छ । मंगलवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले टोङ्गी चिनवेन २.० ( Tongyi Qianwen 2.0) नामको लार्ज ल्याङ्ग्वेज मोडेल सार्वजनिक गरेको हो ।

चीनको सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ तथा ईकमर्स समेत रहेको अलिबाबाले तयार पारेको सो एआई टुलले अमेरिकी प्रविधि कम्पनीहरू माइक्राेसफ्ट, गुगल, अमेजन लगायतलाई चुनाैती दिने बताइएको छ ।

जसरी ओपनएआईले ठूलो सङ्ख्याको डेटाद्वारा जेनेरेटिभ एआई टुल च्याटजीपीटी विकास गरेको थियो, अलिबाबाले पनि त्यसरी नै लार्ज ल्याङ्ग्वेज मोडेलमा आफ्नो एआई टुल विकास गरेको जनाएको छ ।

गत अप्रिलमा सार्वजनिक भएको एआईको परिष्कृत स्वरूपमा कम्पनीले नयाँ संस्करणको एआई टुल ल्याएको हो । कम्पनीका अनुसार यो टुलले जटिलभन्दा जटिल कुरा बुझ्ने, कपिराइटिङ गर्ने, तार्किक जवाफ दिने, दिएका निर्देशन सम्झिने र प्रयोगकर्तालाई भ्रममा पर्नबाट जोगाउँछ । भ्रमबाट जोगाउने भन्नाले पछिल्लो समय एआई टुलले प्रयोगकर्तालाई गलत जवाफ दिएर भ्रमित बनाएका थुप्रै घटना छन् । त्यसैलाई मध्यनजर गर्दै अलिबाबाको एआई टुलले प्रयोगकर्तालाई विश्वसनीय जानकारीमात्रै दिने दाबी गरिएकाे छ ।

त्यसबाहेक पनि कम्पनीले केही विशेष उद्योग जस्तै; कानून परामर्श तथा वित्तीय संस्थालाई उपयुक्त हुने एआई टुलसमेत सार्वजनिक गरेको छ । साथै कम्पनीहरूलाई आफ्नै जेनेरेटिभ एआई टुल बनाउन सघाउने जेनएआई सर्भिस प्लेटफर्म पनि सार्वजनिक भएको छ । यसको सहायताले  कम्पनीहरूले आफ्नै डेटा उपलब्ध गराएर सो एआई टुललाई तालिम दिन सक्नेछन् । यस्तोमा उक्त कम्पनीले प्रयोगकर्ताबाट लिएको डेटा अन्य कुनै तेस्राे पक्षलाई उपलब्ध गराउने जोखिम उत्तिकै छ ।

पछिल्लो समय अलिबाबा र अन्य प्रमुख क्लाउड सेवा उपलब्ध गराउने कम्पनीले अन्य कम्पनीलाई सर्भिसका रूपमा त्यस्तो टुल उपलब्ध गराइरहेका छन्, जसले आफ्नै डेटा उपलब्ध गराएर एआईलाई तालिम दिन सक्छन् ।

माइक्रोसफ्टको लगानी रहेको ओपनएआई स्टुडियो र अमेजन वेब सर्भिसको बेडरक यस्तै सेवा उपलब्ध गराउने प्रमुख कम्पनी हुन् । त्यसैले अलिबाबाले यी कम्पनीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

चीनमा प्रभुत्व जमाएको कम्पनी अलिबाबाले अमेजन र माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago