भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर बुधनगरमा आइपुग्यो

मोरङ – मोरङस्थित आरती स्ट्रिप्स उद्योगको मालसमानसहित पहिलो पटक कार्गो रेल विराटनगरको बुधनगरमा आइपुगेको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार झण्डा फरफराएपछि भारतीय क्षेत्र बथनाबाट कार्गो रेल विराटनगर–१८ स्थित कस्टम यार्ड आइपुगेको हो।

एकीकृत जाँच चौकी नजिक रहेको कस्टम यार्डमा मालवहाक रेल हेर्न सर्वसाधारणको उल्लेख्य भीड रहेको छ। पहिलो पटक औपचारिक रुपमा विराटनगर भित्रिएको रेलको ४३ वटा र्‍याकमा आरती स्ट्रिप्सको स्टिल तथा फलामका समान ल्याएको छ।

उद्योगी सुवोध कोइरालाले कार्गो सेवाबाट उद्योगीलाई ढुवानी खर्च र समयको बचत हुने बताएका छन्।

उद्योगी कोइरालाले सडकबाट समान ल्याउँदा भन्सारसम्म कम्तीमा ४ दिन र भन्सारमा ३ दिन गरी एकसाता लाग्ने हुँदा कार्गो सेवामा २ दिनभित्र समान गोदाममा प्रवेश हुनेछ।

कार्गो सेवाबाट समान ल्याउने क्रममा भारतको कोलकाता बन्दरगाहबाट २ दिनभित्र सिधै बुधनगर कस्टम यार्डमा आइपुग्ने उनले बताए। यस सेवाले पूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई राहत हुने बताए।

 

अर्कोतर्फ, भारतको बथनाहाबाट नेपालको कटहरी गाँउपालिकासम्म १८ दशमलव ६ किलोमिटर रेल सेवा निर्माणमा छ। यद्यपि, जग्गा मुआब्जा विवादका कारण विराटनगरको बुधनगरसम्मको ८ किलोमिटरमा मात्रै रेल सञ्चालन हुनेछ।

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago