झापाका सहकारी संस्थाहरुले तरलताको अभावमा सदस्यहरुको समस्या बुझ्ने

झापा। आर्थिक तरलताका कारण ऋण असुलीमा असहजता भएपछि झापाका सहकारी संस्थाहरुले व्याजमा छुट दिने नीति ल्याउन लागेको जानकारी दिए ।

झापा जिल्ला सहकारी संघ ,जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघद्वारा सहकारीको विद्यमान अबस्था , समस्या र चुनौती विषयमा संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले ऋण असुलीलाई सहज बनाउन सदस्यहरुलाई व्याजमा केही छुट दिने नीति ल्याउन लागेको जानकारी दिए ।

अहिले तरलताको अभावमा पनि हामी सदस्यहरुको समस्या बुझ्न हामी तयार छौं ।’ उनले झापाका सहकारीहरुमा पनि ऋण असुलीमा समस्या देखिएको बताउँदै कसैको उक्साहटमा नलाग्न सदस्यहरुलाई आग्रह गरे । ‘कोरोना कालमा सहकारीहरुले व्याजमा छुट दिएका थिए ’ उनले भने,‘ यतिबेला आमरुपमा सहकारी र लघुवित्तमा देखिएको समस्या झापामा पनि परेको बताउँदै उनले सहकारीहरुलाई जोगाउन अभियान जारी रहेको जानकारी दिए । अभियानका क्रममा आफै ऋण लगेका सहकारीका संचालकहरुलाई जग्गा, गाडी बेचेर भएपनि ऋण तिर्न लगाएको उनले सुनाए । सहकारीका संचालक र कर्मचारीको गल्तीका कारण पनि सहकारी संस्थाप्रतिको विश्वास घटेको उनले स्वीकार गरे ।

कार्यक्रममा बोल्दै झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र गिरीले एउटा सहकारीले गल्ती गर्दैमा सबै सहकारीहरु भाग्ने सहकारीहरु हुन् भन्ने भ्रम नफैलाउन आग्रह गरे ।उनले सहकारीहरुले सदस्य र समुदायको लागि गरेको सहयोग उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा नेपस्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, नेपाल केन्द्रीय कृषि सहकारी संघका उपाध्यक्ष मीना ढकाल,नेपस्कुनका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेलगायतले सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका बारेमा बोलेका थिए ।

कार्यक्रमको संचालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।कार्यक्रममा झापा जिल्ला सहकारी संघका तर्फबाट अर्जुन दंगाल र बचत तथा ऋण सहकारी सङ्घका तर्फबाट कमलकुमार घिमिरेले आफ्नो प्रस्तुति राखेका छन् ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago