पाल्पा । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाखकाे दाेस्राे सातादेखि पाल्पा महोत्सव हुने भएको छ ।२०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सव हुने भएको हाे । पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईका अनुसार तानसेनको बाँसटारीमा हुन लागेको हाे ।
जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो । महाेत्सवले पर्यटन प्रबर्दनमा समेत सहयाेग हुने अपेक्षा गरिएकाे छ । विगतका वर्षहरूमा तानसेनको टुँडिखेलमा हुँदैआएको महोत्सव यो वर्ष तानसेनकाे वासटारीमा हुने भएकाले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा महोत्सव आयाेजक पाल्पा उद्योग वाणिज्य सङ्घकाे रहेकाे छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…