निर्माणाधिन रानीघाटदेखि अर्गली सडकको स्थलगत निरीक्षण

पाल्पा । निर्माणाधिन रानीघाटदेखि अर्गली सडकको स्थलगत निरीक्षण भएकाे छ । लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हन् ।

पूर्व मन्त्री रानासँगै नेपाली काँग्रेसका युवा नेता एवं गुल्मीका पार्टी सचिव जगदीश भट्टराई र डिभिजन वन कार्यालय पाल्पाका  दीपक पाण्डेले उक्त सडकको निरीक्षण गरेका हन् । निरीक्षणपछि सडक गुणस्तरीय र समयमै सक्न सम्बन्धित निकायलाई उनीहरुले आग्रह गरेका छन् । यहाँको सडक सुचारू भएपछि तानसेनको कैलाशनगरबाट रानीघाट, अर्गली, रिडी हुँदै गुल्मीका लागि वैकल्पिक र सहज मार्ग बन्ने छ ।

सडकको पाँच सय मिटर ट्रयाक खोलेपछि रानीघाटदेखि अर्गलीसम्म कालोपत्रे गर्ने कार्यले सार्थकता पाउने काँग्रेसका युवा नेता जगदीश भट्टराईले बताए । उनले भने ‘यो खण्ड सुचारु भएपछि गुल्मीबाट रानीमहल घुमेर तानसेन निस्किन सकिनेछ ।’

कालीगण्डकी करिडोर छेर्लुङ्ग  रानीमहल सडककाे पाच सय मिटर सडक निर्माण भएपिछ रानीघाट देखि अर्गली सम्म कालोपत्रे गर्ने कार्यले सार्थकता पाउने छ । यो खण्ड सुचारु भए पछि गुल्मेलीहरू (गुल्मी तर्फबाट पाल्पा आउन अर्गली, छेर्लुङ्ग हुदै ) रानीमहल घुमेर तानसेन निस्किन सकिनेछ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago