पाल्पा । निर्माणाधिन रानीघाटदेखि अर्गली सडकको स्थलगत निरीक्षण भएकाे छ । लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हन् ।
पूर्व मन्त्री रानासँगै नेपाली काँग्रेसका युवा नेता एवं गुल्मीका पार्टी सचिव जगदीश भट्टराई र डिभिजन वन कार्यालय पाल्पाका दीपक पाण्डेले उक्त सडकको निरीक्षण गरेका हन् । निरीक्षणपछि सडक गुणस्तरीय र समयमै सक्न सम्बन्धित निकायलाई उनीहरुले आग्रह गरेका छन् । यहाँको सडक सुचारू भएपछि तानसेनको कैलाशनगरबाट रानीघाट, अर्गली, रिडी हुँदै गुल्मीका लागि वैकल्पिक र सहज मार्ग बन्ने छ ।
सडकको पाँच सय मिटर ट्रयाक खोलेपछि रानीघाटदेखि अर्गलीसम्म कालोपत्रे गर्ने कार्यले सार्थकता पाउने काँग्रेसका युवा नेता जगदीश भट्टराईले बताए । उनले भने ‘यो खण्ड सुचारु भएपछि गुल्मीबाट रानीमहल घुमेर तानसेन निस्किन सकिनेछ ।’
कालीगण्डकी करिडोर छेर्लुङ्ग रानीमहल सडककाे पाच सय मिटर सडक निर्माण भएपिछ रानीघाट देखि अर्गली सम्म कालोपत्रे गर्ने कार्यले सार्थकता पाउने छ । यो खण्ड सुचारु भए पछि गुल्मेलीहरू (गुल्मी तर्फबाट पाल्पा आउन अर्गली, छेर्लुङ्ग हुदै ) रानीमहल घुमेर तानसेन निस्किन सकिनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…