शुभम् पावरको आइपीओ आजबाट बिक्री खुला

काठमाडौँ – शुभम् पावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरी सर्वसाधारण लागि छुट्याएको थियो। जसअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो।

यो मध्ये १०% अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। ५% अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्।

यसमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ‍। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago