‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएकाे भेटमा समयसामयिक राजनीतिक विषयमा छलफल भएकाे बताइएकाे छ।

सर्वाेच्च अदालतले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा नेताहरूकाे दाैडधुप चलिरहेकाे छ।स्राेतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटवार्ता गरेका थिए।

यता, रास्वपाले भने सरकारमा सहभागी हुनकाे लागि आफूलाई गृहमन्त्रालय चाहिने अडान कायमै राखेकाे छ।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडाैँबाट नेपाली नागरिकता लिएका छन्। नागरिकता लिएसँगै पुन:रास्वपाकाे सभापतिकाे जिम्मेवारी लिएका उनी आफूलाई गृहमन्त्रालय पार्ने दाैडमा छन्।

ओली गृहमन्त्रालय रास्वपालाई दिने पक्षमा छन् भने प्रधानमन्त्री दाहालले सर्वाेच्चबाट फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृहमन्त्रायकाे टुङ्गाे लगाउने बताएका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago