‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएकाे भेटमा समयसामयिक राजनीतिक विषयमा छलफल भएकाे बताइएकाे छ।

सर्वाेच्च अदालतले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा नेताहरूकाे दाैडधुप चलिरहेकाे छ।स्राेतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटवार्ता गरेका थिए।

यता, रास्वपाले भने सरकारमा सहभागी हुनकाे लागि आफूलाई गृहमन्त्रालय चाहिने अडान कायमै राखेकाे छ।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडाैँबाट नेपाली नागरिकता लिएका छन्। नागरिकता लिएसँगै पुन:रास्वपाकाे सभापतिकाे जिम्मेवारी लिएका उनी आफूलाई गृहमन्त्रालय पार्ने दाैडमा छन्।

ओली गृहमन्त्रालय रास्वपालाई दिने पक्षमा छन् भने प्रधानमन्त्री दाहालले सर्वाेच्चबाट फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृहमन्त्रायकाे टुङ्गाे लगाउने बताएका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago