जापान । छड्के २ जापानको बिभिन्न शहरहरुमा प्रदर्शन हुँदै छ । गत साता जापानको ओकिनावामा निधन भएका २८ बर्षीय संदेश आचार्यलाइ उनका साथीहरुले समयमै अस्पताल पुर्याउदा समेत बचाउन सकेनन् , यतिबेला समग्र ओकिनावा नेपाली समाज दुखद अवस्थामा छ, यसै बीच नितान्त ब्यबसायिक तरिकाले प्रदर्शन गर्न लागिएको तर घटना अकल्पनिए घटे पश्चात नेपाली सिनेमा छड्के २ को ओकिनावा शो को कमाइ निधन हुन पुगेका संदेश को परिवारलाई दिइने छड्के २ आयोजक प्रवाशी नेपाली मंच जापानले जानाएको छ, अध्यक्ष मिलेन के सी द्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत छड्के २ को प्रदर्शन बाट प्राप्त रकम मृतक को परिवारलाइ हस्तान्तरण गरिने बताइएको छ।
जापान वितरक सचिन आचार्य ओकिनावा को यो पुण्य कामको मुक्त कण्ठले प्रसंसा गर्न चाहे ” बर्तमान जापानको नेपाली समाजमा दुख बिपत आइपर्दा सबैलाई फोन गरि १ ,१ हजार सहयोग उठाउनु पर्ने अवस्था छ ओकिनावामा त् झन अधिकांस बिद्यार्थी हुनुहुन्छ परिवारजनमा परेको यो बज्रपातमा मलम लगाउन हामीले सहयोग गर्न पायौ, घटना दुखद घट्यो तर केहि न केहि सहयोग गर्न पाउनु हाम्रो हाम्रो लागि अबसर र कर्तब्य दुवै हो ” उनले भने। उनका अनुसार टोकियो शो को केहि रकम समेत जोडेर परिवारजान लाइ हस्तान्तरण गरिने छ।
ओकिनावा मा सिनेमा आगामी मार्च महिनाको १०,११,१२ गरि ३ दिन शो गरिने छ। समाजसेवाको यो पुण्य काम को लागि प्रवासी नेपाली मंच जापान ले सम्पूर्ण ओकिनावाबासि नेपाली लाइ छड्के २ को बिशेष शो मा उपस्थिन हुन समेत आग्रह गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…