भिरबाट लडेर एक जनाको मृत्यु

२०७९, ३ माघ मंगलवार १९:१६

पाल्पा । भिरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान जानेमा रैनादेवी छहरा गाउँपालिका वडा ६ पटुवाचौर पाल्पाका ६० वर्षीय बेदबहादुर बलाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आफ्नो घर नजिकैको नेप्टा भिरबाट लडी मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकी बल्ढेङ्गढीबाट टोली खटिएको थियो ।

Comments

ताजा खबर