गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी: प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै द्विविधा नरहेको अध्यक्ष दाहालको भनाइ थियो।

काठमाडौँमा सोमबार आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले गोरखाबाट चुनाव लड्ने निर्णय लिएको स्पष्टीकरणसमेत दिए।

चुनाव हारिन्छ कि भनेर आफूले गोरखामा पुगेर उम्मेदवारी नदिएको अध्यक्ष दाहालले पटक–पटक दोहोर्‍याए। अध्यक्ष दाहालले जनयुद्ध र जनक्रान्तिको सम्पूर्ण तयारी गोरखाबाट भएकाले आर्थिक समृद्धिको अभियान पनि सोही ठाउँबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि आफूले लिएको उल्लेख गरे।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago