काठमाडौँ: कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतबारसाँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा रहिरहेकोमा खुसी व्यक्त गरेको छ ।
राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन जसले तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् ।
साथै उनले ठुलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । सपना देखेपछि त्यसलाई पुरा गर्ने हिम्मत आउने उनको भनाइ छ । ‘जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ नै छ । उनी अगाडी लेख्छिन् मेरो सपनाले मलाई कुनै पनि समय पछ्यारह्यो । निदाउनु अगाडी र उठेपछि त्यसकै पछि लाग्ने बनायो । यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।’
सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबी महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…