काठमाडौँ: कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतबारसाँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा रहिरहेकोमा खुसी व्यक्त गरेको छ ।
राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन जसले तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् ।
साथै उनले ठुलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । सपना देखेपछि त्यसलाई पुरा गर्ने हिम्मत आउने उनको भनाइ छ । ‘जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ नै छ । उनी अगाडी लेख्छिन् मेरो सपनाले मलाई कुनै पनि समय पछ्यारह्यो । निदाउनु अगाडी र उठेपछि त्यसकै पछि लाग्ने बनायो । यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।’
सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबी महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…