काठमाडाैँ- भन्सार विभागले एजेन्टमा लिएकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विभागकाे सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीण भएका छन्। लिखित परीक्षामा उत्तीण भएकाहरूकाे अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ। भन्सारले ६६० जना एजेन्ट मागेकाे हाे।
विभागले लाेकसेवा आयाेगसँगकाे सहकार्यमा गरेकाे लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए। पटक-पटक राेकिँदै आएकाे परीक्षा गत वैशाखमा सम्पन्न भएकाे थियाे।
परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश चैत १३ मा दिएपछि परीक्षा भएकाे हाे।
आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। थैवले भन्सार एजेन्टसम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै माग दाबी गरेकी थिइन्।customs-agent-result-final
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…