भन्सार एजेन्टको लिखित परीक्षामा ६६० जना एजेन्ट माग ८६० जना उत्तीर्ण

काठमाडाैँ- भन्सार विभागले एजेन्टमा लिएकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विभागकाे सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीण भएका छन्। लिखित परीक्षामा उत्तीण भएकाहरूकाे अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ। भन्सारले ६६० जना एजेन्ट मागेकाे हाे।

विभागले लाेकसेवा आयाेगसँगकाे सहकार्यमा गरेकाे लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए। पटक-पटक राेकिँदै आएकाे परीक्षा गत वैशाखमा सम्पन्न भएकाे थियाे।

परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश चैत १३ मा दिएपछि परीक्षा भएकाे हाे।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। थैवले भन्सार एजेन्टसम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै माग दाबी गरेकी थिइन्।customs-agent-result-final

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago