सबै सम्पत्ती नामसारी गरिदिने दुर्गा प्रसाईको घोषणाको तहल्का पिट्यो !

काठमाडौं: यो या त्यो रुपमा सँधै भरी चर्चामा रहने व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाई फेरी एकपटक चर्चामा आएका छन् । यो पटक प्रसाईको चर्चा फरक तरिकाले भएको छ

व्यवसायिक जीवन सँगै एमालेको सक्रिय राजनितीमा होमिएका प्रसाईले एमाले अध्यक्ष केपी ओलीलाई हजुरबुवा भन्ने गरेका छन् । आगामी निर्वाचन पछि एमाले एक्लैले बहुमत ल्याएर सिंहदरबारको मूलढोका बाट छिर्ने दाबी गर्दै आएका उनले माओवादी केन्द्र र नेकपा एसले भने एक सिट पनि नजिले दाबी गर्दै आएका छन् ।

अचानक एमाले नेता प्रसाइले एक अनपेक्षित घोषणा गरिदिए पछि अहिले त्यसको निकै चर्चा छाइरहेको छ । आगामी निर्वाचनमा माओवादी केन्द्र र नेकपा एस नामको दलले गबठन्धन विना एक सिट मात्रै पनि जितेर देखाएमा आफु सँग भएको सबै सम्पत्ती उनीहरुको नाममा या उनीहरुले इच्छाएको व्यक्तिका नाममा नामसारी गरिदिने घोषणा उनले गरेका छन् ।

एक सामान्य घोषणा मात्रै नगरेका प्रसाईले आफ्नो यहि भाषणलाई प्रमाणका रुपमा लिए हुने उद्घोष पनि गरेका छन् । प्रसाईको उक्त अभिव्यक्तिले एमाले कार्यकर्ता उत्साहित भएका छन् भने माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ताहरुले उनीमाथी तारो बनाएर आलोचना गरिरहेका छन्

आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहिरहने प्रसाईले केहि समय अघि ओटिभी नेपाल डट कम सँगको अन्तर्वातामा आफु प्रचण्ड, देउवा र माधव नेपाल सँग एक्लै चुनावी प्रतिष्पर्धा गर्न तयार रहेको र उनीहरु सँग चुनाव हारेमा आजीवन उनीहरुको ड्राइभर बनेर बस्ने घोषणा गरेका थिए । उक्त घोषणाले पनि निकै तरंग ल्याएको थियो ।

। भक्तपुरमा आफ्नै लगानीमा निर्माण भएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजिले र जितेमा आफ्नो सबै सम्पत्ति उनीहरुको नाममा गरिदिने घोषणा गरेका हुन् ।

उनले भने, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरुले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’
नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् ।

उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् । तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईले बताएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago