सबै सम्पत्ती नामसारी गरिदिने दुर्गा प्रसाईको घोषणाको तहल्का पिट्यो !

काठमाडौं: यो या त्यो रुपमा सँधै भरी चर्चामा रहने व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाई फेरी एकपटक चर्चामा आएका छन् । यो पटक प्रसाईको चर्चा फरक तरिकाले भएको छ

व्यवसायिक जीवन सँगै एमालेको सक्रिय राजनितीमा होमिएका प्रसाईले एमाले अध्यक्ष केपी ओलीलाई हजुरबुवा भन्ने गरेका छन् । आगामी निर्वाचन पछि एमाले एक्लैले बहुमत ल्याएर सिंहदरबारको मूलढोका बाट छिर्ने दाबी गर्दै आएका उनले माओवादी केन्द्र र नेकपा एसले भने एक सिट पनि नजिले दाबी गर्दै आएका छन् ।

अचानक एमाले नेता प्रसाइले एक अनपेक्षित घोषणा गरिदिए पछि अहिले त्यसको निकै चर्चा छाइरहेको छ । आगामी निर्वाचनमा माओवादी केन्द्र र नेकपा एस नामको दलले गबठन्धन विना एक सिट मात्रै पनि जितेर देखाएमा आफु सँग भएको सबै सम्पत्ती उनीहरुको नाममा या उनीहरुले इच्छाएको व्यक्तिका नाममा नामसारी गरिदिने घोषणा उनले गरेका छन् ।

एक सामान्य घोषणा मात्रै नगरेका प्रसाईले आफ्नो यहि भाषणलाई प्रमाणका रुपमा लिए हुने उद्घोष पनि गरेका छन् । प्रसाईको उक्त अभिव्यक्तिले एमाले कार्यकर्ता उत्साहित भएका छन् भने माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ताहरुले उनीमाथी तारो बनाएर आलोचना गरिरहेका छन्

आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहिरहने प्रसाईले केहि समय अघि ओटिभी नेपाल डट कम सँगको अन्तर्वातामा आफु प्रचण्ड, देउवा र माधव नेपाल सँग एक्लै चुनावी प्रतिष्पर्धा गर्न तयार रहेको र उनीहरु सँग चुनाव हारेमा आजीवन उनीहरुको ड्राइभर बनेर बस्ने घोषणा गरेका थिए । उक्त घोषणाले पनि निकै तरंग ल्याएको थियो ।

। भक्तपुरमा आफ्नै लगानीमा निर्माण भएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजिले र जितेमा आफ्नो सबै सम्पत्ति उनीहरुको नाममा गरिदिने घोषणा गरेका हुन् ।

उनले भने, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरुले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’
नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् ।

उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् । तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईले बताएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago