हामी जोसँग मिलेर बढी जितिन्छ, त्यसरी नै सोच्छौँ

काठमाडौं: ०७४ सालको स्थानीय तह निर्वाचनमा डडेलधुराको परशुराम नगरपालिकामा चार हजार ६२९ मत ल्याएर नेपाली कांग्रेसका भीमबहादुर साउद मेयरमा विजयी भए । डडेलधुरामा भित्री मधेस क्षेत्रमा पर्नेमा सो नगरपालिकामा कांग्रेसले जित दर्ता गर्दा नेकपा (माओवादी केन्द्र)का शेरबहादुर मालले चार हजार ४८ मत पाएका थिए ।
माओवादी उमेदवारसँग विजयी साउदको मतान्तर ५८१ मात्र थियो । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तारासिंह बोहराले दुई हजार ९४१ मत ल्याए ।
परशुराममा एक्लाएक्लै निर्वाचनमा जाँदा पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, एमाले, कांग्रेस र माओवादीमध्ये जुनसुकै दुई पार्टीको गठबन्धन भए पनि एक पार्टीले टक्कर दिने सम्भावना कम देखिन्छ । डडेलधुरामा निर्वाचनमा कसरी जाने भन्नेबारे जिल्लाका नेताहरू आन्तरिक र अनौपचारिक छलफलमा छन् ।

परशुराममा अहिले मेयरमा माओवादीको दाबी छ । कांग्रेस नमाने उसलाई पराजित गर्न डडेलधुरामा एमाले–माओवादी गठबन्धन हुन सक्ने माओवादीका एक जिल्ला नेताले बताए ।
ती नेताले भने, “धेरैजसो पालिकामा हामी बलियो मतका साथ दोस्रो स्थानमा छौँ । कांग्रेस सहकार्यमा लचिलो नहुने हो भने हामी जित्ने गरी समीकरण बनाउँछौँ । त्यसका लागि एमाले र हाम्राबीचमा समझदारी बन्नसक्छ । यो स्थानीय चुनाव हो । स्थानीयस्तरमा हामी निर्णय गर्न सक्छौँ ।”
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर कुनै पनि हालतमा अरू दलसँग मिलेर चुनावमा नजाने बताइरहेका छन् । उनका अनुसार कांग्रेस एक्लै निर्वाचनमा पहिलो दल बन्छ । यही कुरा माओवादीका नेता–कार्यकर्तालाई मन परेको छैन ।
डडेलधुरामा मात्रै होइन, कञ्चनपुरमा पनि स्थानीय तहमा एमाले–माओवादीबीच अनौपचारिक छलफल अगाडि बढेको छ । एक्लै निर्वाचनमा जाँदा हारिने सम्भावना देखेको माओवादीले कांग्रेससँग लेनदेनमा चित्त नबुझे एमालेसँग सहकार्यको हात बढाउन सक्ने सम्भावना छ । कञ्चनपुरमा जिल्ला र नगर पार्टीका नेताहरू अनौपचारिक छलफलमा सक्रिय छन् ।
भीमदत्तनगर नगरपालिकाका एक माओवादी नेता भन्छन्, “केन्द्रको निर्णय पर्खेका छौँ । तर, कांग्रेसले पेल्न खोजेको छ । यस्तोमा हामी जता गएर बढी सिट जित्छौँ, त्यहाँ जान सक्छौँ । एमालेले पनि मिलेर जाऔँ भनेर प्रस्ताव गरेको छ ।”
०७४ मा सुदूरपश्चिम प्रदेशका ८८ मध्ये १० स्थानीय तहमा मात्रै माओवादी विजयी भएको थियो । तर, अरू पार्टीसँगको सहकार्यमा माओवादी हरेकजसो स्थानीय तहमा निर्णायक शक्तिका रूपमा देखिएको छ ।
डडेलधुरा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ ।
प्रधानमन्त्री देउवालाई केन्द्रमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले साथ दिइरहेका छन् । कांग्रेसले आउँदो निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्र पनि तालमेल गरेरै निर्वाचनमा जाने रणनीतिमा छ ।
केन्द्रमा पनि नेताहरूबीच तालमेलका विषयमा भिन्न–भिन्न मत छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा गठबन्धन कायमै रहने बताइरहेका छन् । तर, कांग्रेसका महामन्त्री गगन थापासहित नेता शेखर कोइराला समूह गठबन्धन गर्न नहुने पक्षमा देखिएको छ । यसले तालमेलका विषयमा माओवादी ढुक्क अवस्थामा छैन ।
एमालेले पनि निर्वाचन जित्ने गरी रणनीति बनाइरहेको छ । पार्टी विभाजन भएको अवस्थामा माओवादीको साथ पाए सहज हुने बुझाइ एमाले नेताहरूको छ ।
केही समय एमाले–माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । सो समयमा एमाले र माओवादी नेता–कार्यकर्ताबीच सहकार्य भएकाले मिलेर जान अप्ठ्यारो नहुने नेताहरू बताउँछन् ।
माओवादी केन्द्रका एक केन्द्रीय नेताले भने, “कांग्रेसकै कारण गठबन्धनको सम्भावना हामीले कम देखिरहेका छौँ । हामीलाई कमजोर छ भनेर पेल्नै खोजेपछि हामी पनि अर्को बाटो रोज्छौँ । चुनाव जित्ने हो । बढीमा पार्टीले कारबाही गर्ने हो । सिंगो पार्टी नै एक ठाउँमा उभिएपछि कारबाहीको औचित्य पनि के होला र ? हामी जोसँग मिलेर बढी जितिन्छ, त्यसरी नै सोच्छौँ ।”

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago