चितवन छोडिन्न, देउवासँग माथिनै कुरा मिलाइन्छ -प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले यस पटकको स्थानिय तहको निर्वाचनमा पनि चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको दाबी रहने बताएका छन् ।
नेपाली काग्रेसको केन्द्रिय कार्यसमिती बैठकले स्थानिय तहको निर्वाचनमा स्थानिय तहको अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने सैद्धान्तिक निर्णय गरेको भोलिपल्टै चितवन पुगका उनले यस पटक चितवन माओवादी केन्द्रले नछोड्ने बताएका छन् ।

नेपाली काग्रेस चितवनका नेता कार्यकर्ताहरुले कुनै पनि हालतमा माओवादीलाई बोकेर हिड्न नसक्ने भन्दै चर्को अभिव्यक्ति दिइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने महानगर र उपमहानगरपालिकामा गठबन्धनको भागण्डा केन्द्रबाटै हुने बताएका छन् ।

केहि दिन अघि पनि भतरपुर पुगेर प्रचण्डले चितवनका काग्रेसले भनेर केहि नहुने र गठबन्धनको निर्णय माथीबाटै हुने बताएका थिए । प्रचण्डको अभिव्यक्ति पछि चितवन काग्रेसका कार्यकर्ताहरु थप आक्रोसित देखिन्छन् । गठबन्धन केन्द्रबाट भए पनि भोट त चितवनकै मान्छेले हाल्ने होलानी भन्दै उनीहरुले गठबन्धन विरुद्ध विद्रोह गर्ने स्पष्ट संकेत गरिसकेका छन् ।

प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए।

उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँु, उनले भने, ुकांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ।’

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए। सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ भने।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago