Categories: समाचार

जाहेरवालालाई नै कैद, जरिवाना र क्षतिपूर्तिको फैसला

पोखरा: कास्की जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा जाहेरी दिएर अदालतमा प्रतिकुल बकपत्र गर्ने एक जनालाई कैद, जरिवाना र क्षतिपूर्ति तिर्ने फैसला गरेको छ । आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका पोखरा महानगरपालिका–१५ का यमबहादुर गुरुङलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन जिल्ला अदालत कास्कीले फैसला गरेको हो ।

पोखरा महानगरपालिका –१५ स्यानीपाटनस्थित कृषि फार्ममा छोरा विशालविरुद्ध ज्यान मार्ने उद्योग गरेको भन्दै यामबहादुरले बिक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र अमिर गुरुङविरुद्ध गत २१ साउनमा किटानी जाहेरी दिएका थिए ।

यमबहादुरको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अगाडि बढाएको थियो ।
यमबहादुरले ज्यान मार्ने उद्देश्यसहित छोरा विशाललाई बाँस, ढुंगा र धारिलो हतियारले टाउको, आँखा र शरीरका बिभिन्न भागमा हानेर गम्भीर चोट लागेको र उनका साथमा काम गर्ने नवीन आलेको टाउको र शरीरमा चोट लागेको जाहेरीमा उल्लेख गरेका थिए ।

विशाललाई मरणासन्न अवस्थामा पु¥याई दाहिने आँखा फुटाली नाकको डाँडीसमेत भाँची दिएको र कान तथा दाहिने हातमासमेत चोट पु¥याएको तथा छुट्याउन गएका नवीन आलेलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख थियो ।

पश्चिमाञ्चल क्षेत्रीय असपताल र हिमालयन आँखा अस्पतालको रिपोर्टमा पनि आँखाको दृष्टि गुमेको, उपचारद्वारा पुनः देख्न सक्ने बनाउन नसकिने र अत्याधिक दुखाइ भए भविष्यमा आँखा नै निकाल्नुपर्ने उल्लेख थियो । यी सबै प्रमाण कागजातसहित गत असार १५ गते जिल्ला अदालत कास्कीमा मुद्धा दायर भएको थियो ।

अदालतमा बयान दिने क्रममा अभियुक्तहरुले त्यो घटना आफूलाई थाहा नभएको बताए भने जाहेरवाला यामबहादुरले पनि उक्त जाहेरी आफूले नदिएको बताए । घाइते विशालले पनि ट्याक्टरमा ठोकिएर आफ्नो आँखामा चोट लागेको बकपत्र दिए ।

जाहेरवालाले अदालतमा प्रतिकुल बकपत्र गरेपछि पक्राउ परेका स्वीकार भण्डारी गत १६ असारमै २० हजार रुपैयाँ रुपैयाँ तिरेर धरौटीमा रिहा भए । १८ साउनमा सागर भण्डारी र भूमि भन्ने अमिर भण्डारीले ८०÷८० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भए । विक्रम गुरुङलाई भने थुनामै राख्न अदालतको आदेश थियो ।

जाहेरवालाले नै प्रतिकुल बकपत्र दिएपछि थुनामा रहेका विक्रम गुरुङलाई १३ पुसमा थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । आफ्नै जाहेरीको प्रतिकुल अदालतमा बकपत्र दिने यमबहादुरसँग भने ३ महिना कैद वा ५ हजार जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले फैसला गरेको हो । फैसलाको केही समयअघि पूर्ण पाठ आएको छ ।

‘मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) (क) मा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई ३ महिनासम्म कैद वा रु ५ हजार रुपैँयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सजाय हुने कार्य गरेको देखिँदा मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) बमोजिम झुठ्ठा कुरा लेखिदिएको हुँदा सोही दफा ४४ (२) खण्ड (क) बमोजिम जाहेरवाला यम बहादुर गुरुङलाई रु ५ हजार जरिवाना हुने ठहर्छ,’ न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गरेको फैसलामा भनिएको छ ।

मुलुकी फौजदारी कार्यविधिसहिंता अनुसार नै पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था रहेकोले यमबहादुरले झुठो जाहेरी दिँदा थुनामा बस्नु परेकाले बिक्रम भण्डारीलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भर्न अदालतले आदेश दिएको हो । बयान पर्ने तथा प्रतिकुल बकपत्र गरेर राज्यको संयन्त्र र सम्पतिसमेत दोहन गर्नेलाई पनि सजायको व्यवस्था छ ।

प्रतिकुल बकपत्र दिएर जरिवाना तथा क्षतिपूर्तिको सजाय भएको कम फैसलामध्ये यो पनि पर्ने कास्की जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए ।

‘गलत नियत राखेर फसाउन खोजिएको वा राज्यका संयन्त्र र सम्पत्तिसमेत खर्च गराउने काम भयो । आरोपितले मात्र होइन, राज्य संयन्त्रले पनि अनाहकमा दुख पाए,’ पनेरुले भने, ‘अनुसन्धानका कागजात र प्रमाणका विरुद्ध उभिने प्रवृत्तिले जो कोहीले पनि म पीडित हुँ भन्दै जाहेरी दिने र राज्यको संयन्त्रको दोहन गर्ने कार्यले बढवा पाउन सक्छ ।’

यसअघि कास्कीमै जबर्जस्ती करणीमा जाहेरी दिएर बयान प्रतिकुल बकपत्र गर्ने एक जनालाई ३ महिना कैद सजाय भएको थियो ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago