राप्रपा नेपाल गठन, सापकोटालाई अध्यक्षको जिम्मेवारी

मकवानपुर: केही दिन अघि राप्रपा परित्याग गरेका नेताहरूले आज मकवानपुरमा राप्रपा नेपाल गठन गरेका छन् । पार्टीको जिल्ला अध्यक्षमा गुरुप्रसाद सापकोटा चयन भए ।

आज बिहीबार कमल थापा नेतृत्वकाे राप्रपा नेपाल मकवानपुरको हेटौंडामा भएको घोषणा सभामा वर्तमान अध्यक्ष अर्जुन ढुङ्गनाले सापकोटाको नाम जिल्ला अध्यक्षमा घोषणा गरेका हुन् । सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्तरण गरेका थिए ।

यसअघि, सापकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला अध्यक्ष थिए । उनले केही दिन अघि मात्रै राप्रपा भित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरी राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

यसैगरी राप्रपा नेपालको केन्द्रीय सदस्यमा मकवानपुरका बालकृष्ण कार्की र अम्बिका खतिवडा चयन भएका छन् ।
बिहीबार हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभाबाट कार्की र खतिवडा केन्द्रीय सस्यमा चयन भएका हुन् । उनीहरुलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य पदको जिम्मेवारी पत्र प्रदान गरेका थिए ।

घाेषणा सभामा केन्द्रीय अध्यक्ष कमल थापाले आफूलाई राजनीतिमा कमजोर बनाउन चाहनेहरु पछिल्लो समय सकृय भएको बताए । उनले केही साथीहरू अलमलिनु भएको तर छिटै नै वास्तविकता बुझेर सँगै हिड्न आउने बताए । ‘राप्रपाको बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको र कानुन बमोजिम नै पार्टी फुटाउन सक्ने भए पनि आफू एक्लै पार्टीबाट बाहिरिएकाे हुँ’ थापाले भने– ‘अझै हजारौं सङ्ख्या लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासनमा बिश्वास गर्ने समुह रहेकोले म आफैले यसको नेतृत्व गरेको छु ।’

गत मंसिरमा काठमाडाैमा भएकाे राप्रपाकाे महाधिवेशनमा पूर्व राजाको सचिव तथा सहयोगीले प्रतिनिधिलाई फकाउने र आफूलाई हराउने काम गरेकाे समेत सभामा थापाले बताए । अबको चुनाव सकेसम्म नेकपा एमाले सङ्ग मिलेर चुनाव लड्ने पक्षमा आफूहरु रहेकाे उनले बताए । आगामी निर्वाचनको तयारीमा लाग्न थापाले कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago