सबै मतगणना स्थलमा सीसीटिभी क्यामेरा राखिने

काठमाडौँ: वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणना स्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको बताए ।

आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जडान भइरहेको र कतिपय पालिकाहरुले जिज्ञासा राखेको उनको भनाइ थियो ।

कति निर्वाचन स्थलमा क्यामेरा जडान गरियो भन्ने पूर्ण विवरण प्राप्त नभएको भए पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए । दुर्गम स्थानका मतदान स्थलमा बत्ती, इन्टरनेटको सुविधा नहुने भएकाले उक्त स्थानमा भने सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको उनको भनाइ थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago