काठमाडौँ: वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणना स्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको बताए ।
आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जडान भइरहेको र कतिपय पालिकाहरुले जिज्ञासा राखेको उनको भनाइ थियो ।
कति निर्वाचन स्थलमा क्यामेरा जडान गरियो भन्ने पूर्ण विवरण प्राप्त नभएको भए पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए । दुर्गम स्थानका मतदान स्थलमा बत्ती, इन्टरनेटको सुविधा नहुने भएकाले उक्त स्थानमा भने सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको उनको भनाइ थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…