काठमाडौँ: सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो । तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
उनका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने उनले बताए । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ ।
रुस/युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…