आफ्नै बगानको स्याउ नखाएर ट्याङ्कको जुस खादा २४० जना बिमारी

जुम्ला: जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् ।

२४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक भएका छन् ।’

विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए । उनले भने, ‘बिरामी भएलगत्तै प्रत्येक विद्यार्थीको कक्षा कोठा र झोला हेरेर दुई सयभन्दा बढी ट्यांक जुस खाएको डिब्बा फेला पार्‍यौँ ।’ बिरामी परेका विद्यार्थीको अवस्था समान्य रहेको अभिभावक बमबहादुर कामीले बताए । सबै अभिभावकलाई विद्यालयले बैठक बोलाएको छ । जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने समस्या देखिएको उनले बताए ।

बालबालिका बिरामी परेपछि हिमाली बोडिङमा अध्ययनरत बालकालिकालाई स्वच्छ खानेपानी खुवाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको छ ।

विद्यार्थीले सेवन गरेको जुसको म्याद सन् २०२१ मा सकिए पनि व्यापारीले बिक्री गरिरहेको फेला परेको छ । सन् २०२२ को चौथो महिना लागिसके पनि बजार अनुगमन शून्य हुँदा व्यापारीको म्याद सकिएको खाद्यवस्तु बिक्रीमा मनोबल बढेको अभिभावक बताउँछन् । चार महिनाअघि नै म्याद सकिएको जुस सेवन गरेका विद्यार्थी बिरामी परेपछि बल्ल सरोकारवालाले बजार अनुमगन थालेका छन् ।

एकैपटक धेरै विद्यार्थी बिरामी परेको समाचार बाहिरिएसँगै जिल्ला प्रशासान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्ला र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago