हिमालयन हाइड्रो एक्स्पो २०२२’ शनिबारदेखि

काठमाडौँ: शनिबारबाट हिमालयन हाइड्रो एक्स्पो २०२२ सुरु हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था (इप्पान)ले तेस्रो संस्करणको एक्स्पो भृकुटीमण्डपमा गर्न लागेको हो।

राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने एक्स्पो तीन दिनसम्म चल्ने इप्पानका जनाएको छ। एक्स्पोका अवसरमा शनिबार बिहान विद्युतीय सवारी साधनको र्‍यालीको आयोजना गरिएको छ। भृकुटीमण्डपबाट सुरु हुने र्‍याली नेपालकै पहिलो जलविद्युत आयोजना फपिंङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ आचार्यले जानकारी दिए।

फर्पिङ जलविद्युतमा पर्यटनमन्त्री प्रेम आलेले सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ। ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र विदेशमा निर्यातका लागि ज्ञान र सूचनाको सम्प्रेषण हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्य एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्बन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तरक्रिया सन्चालन गरिने कार्यक्रम तय गरेका र एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र प्रदर्शनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने जानकारी दिए।

प्रदर्शनीमा नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिकाबारे जानकारी गराइनेछ भने विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरका काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ। प्रदर्शनीको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइएफसीलगायतका संघ संस्थाहरुले प्रायोजन गरेका छन्।

एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर छन्। नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघले पनि प्रदर्शनीलाई सहयोग गर्ने जनाइएको छ। बैंक र वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago