क्रेनको ठक्करबाट छात्राको मृत्यु, झडप हुँदा चार प्रहरी घाइते

सर्लाही: सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएका थियो । क्रेनको ठक्करबाट सोही स्थानकी १७ वर्षीया छात्रा सुमित्रा परियारको घटना स्थलमै मृत्यु भएको हो । आक्रोशित स्थानीयले शव उठाउन दिएका छैनन् । स्थानीय र पीडित परिवारलाई सम्झाइबुझाई शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आक्रोशित स्थानीको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तोडफोड र आगजनी गरिदिएका छन् । भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर, विद्यालयका विद्यार्थी ढुंगामुढासहित सडकमा आएपछि प्रहरीसमेत पछि हट्नु परेको थियो ।

उनीहरूले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका थिए। सोही क्रममा ढुंगा लागेर इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित चार प्रहरी घाइते भएका छन्।

नव जनजागरण माद्यामिक विद्यालयका विद्यार्थी घटनास्थलमा जम्मा भएर नारा जुलुस गरिरहेका छन् । क्रेनमा लगाइएको आगो नियन्त्रणका लागि पुगेका हरिवन नगरपालिकाको दमकलसमेत उनीहरूले फर्काइदिएका छन् । घटना स्थलको स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमा शंकरप्रसाद यादवले जानकारी दिए ।

घटनास्थल सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनीबाट क्रेनको अधिकांश भाग जलेर क्षति पुगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार मृतक सुमित्रा र उनकी भाउजू पनि साइकलमा सवार रहेका थिए । परियारलाई साइकलमा विद्यालय जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

मृतक छात्रा नवजागरण माद्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् ।उक्त क्रेन केही दिन यता गाउँमा विद्युत् पोल गाड्ने, उखेल्ने काममा प्रयोग हुँदै आइरहेको थियो । घटना लगतै प्रहरीले क्रेनका चालकसहित सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago