क्रेनको ठक्करबाट छात्राको मृत्यु, झडप हुँदा चार प्रहरी घाइते

सर्लाही: सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएका थियो । क्रेनको ठक्करबाट सोही स्थानकी १७ वर्षीया छात्रा सुमित्रा परियारको घटना स्थलमै मृत्यु भएको हो । आक्रोशित स्थानीयले शव उठाउन दिएका छैनन् । स्थानीय र पीडित परिवारलाई सम्झाइबुझाई शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आक्रोशित स्थानीको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तोडफोड र आगजनी गरिदिएका छन् । भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर, विद्यालयका विद्यार्थी ढुंगामुढासहित सडकमा आएपछि प्रहरीसमेत पछि हट्नु परेको थियो ।

उनीहरूले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका थिए। सोही क्रममा ढुंगा लागेर इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित चार प्रहरी घाइते भएका छन्।

नव जनजागरण माद्यामिक विद्यालयका विद्यार्थी घटनास्थलमा जम्मा भएर नारा जुलुस गरिरहेका छन् । क्रेनमा लगाइएको आगो नियन्त्रणका लागि पुगेका हरिवन नगरपालिकाको दमकलसमेत उनीहरूले फर्काइदिएका छन् । घटना स्थलको स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमा शंकरप्रसाद यादवले जानकारी दिए ।

घटनास्थल सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनीबाट क्रेनको अधिकांश भाग जलेर क्षति पुगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार मृतक सुमित्रा र उनकी भाउजू पनि साइकलमा सवार रहेका थिए । परियारलाई साइकलमा विद्यालय जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

मृतक छात्रा नवजागरण माद्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् ।उक्त क्रेन केही दिन यता गाउँमा विद्युत् पोल गाड्ने, उखेल्ने काममा प्रयोग हुँदै आइरहेको थियो । घटना लगतै प्रहरीले क्रेनका चालकसहित सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago