नवजागृति टोलमा बम विस्फोट, बम बोक्नेहरू नै घाइते

सुनसरी: स्थानीय तहको चुनाव नजिकिँदै गर्दा हिमाल सुरक्षा परिषद्का कार्यकर्ता बसेको सुनसरीको इटहरी नगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट भएपछि प्रहरीले व्यापक सतर्कता अपनाएको छ । सोमबार राति करिब ११ बजे अमित श्रेष्ठको घरमा विस्फोट भएको हो ।

विस्फोटबाट उक्त घरमा आमा लक्ष्मी ठकुरीसँगै डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनी बस्ने २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । विस्फोट पनि उनीहरू बसेकै कोठामा भएको हो । आँखामा चोट लागेका थापाको विराटनरस्थित आँखा अस्पतालमा र हातमा एवं तिघ्रामा चोट लागेका गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले सुतली बम भने पनि झोला राख्दा विस्फोट भएको र बम बोक्नेहरू नै घाइते भएकाले अरु नै घरेलु बम भएको बताइएको छ ।
‘हिमाल सुरक्षा परिषद्’ दुई महिना अघिमात्र चर्चामा आएको हो । फागुन १५ बाट सशस्त्र संघर्षको घोषणा गर्दै यो समूहले हिन्दु राष्ट्र तथा राजसंस्थाको माग गर्दै आइरहेको छ । प्रहरीले विस्फोट भएको कोठामा खान तलासी गर्दा परिषद्को पर्चासँगै कङ्ग्रेन्ट फ्रन्ट अफ नेपालको पर्चा पनि फेला पारेको छ । उक्त पर्चामा ‘कफन अवधारणा’ लेखिएको छ । उक्त कोठाबाट प्रहरीले महत्त्वपूर्ण दस्ताबेज फेला पारेको स्थानीयवासीले बताए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन । प्रहरीले परिषद्को विभिन्न लेटरप्याड तथा माइन्युट फेला पारेको स्थानीयले बताएका छन् । प्रहरीले थापा र गुरुङलाई कडा निगरानीका साथ उपचार गराइरहेको छ ।

एक स्थानीयले भने, ‘बम विस्फोटमा परेका लमजुङका युवा भने दुई साताअघि दुई दिनका लागि भन्दै थापाकी आमा लक्ष्मी ठकुरीले ल्याएर राखेकी थिइन् । घटना हुनुभन्दा दुई दिनअघि अर्थात् आइतबार ठकुरी भारत जाने भनेर घरदेखि बाहिरिएकी थिइन् । घटनापश्चात् ठकुरीको फोन बन्द छ ।’

यसअघि झापा प्रहरीले गत माघको विभिन्न मितिमा उक्त समूहका सदस्यलाई पक्राउ गरी फागुन ५ मा सार्वजनिक गरेको थियो । सुरक्षा स्रोतका अनुसार ‘गोरखा जनमुक्ति पार्टी’ का नाममा भूमिगत संगठन चलाउँदै आएका समूह नै परिषद्को नाममा पछिल्लो समयमा झापा, मोरङ र सुनसरीलाई लक्षित गर्दै भूमिगत संगठन चलाउँदै आएको छ । परिषद्ले हिन्दु अतिवादका नाममा चर्चमा विस्फोटको प्रयास गर्दै आएको थियो । इटहरीमा विस्फोट हुनुपूर्व पनि चर्चमा नै राख्ने योजनाअनुसार उक्त बम भारतबाट ल्याइएको भए पनि चर्च फेला नपरेपछि कोठामा लगिएको र झोला भुँइमा राख्दा अचानक विस्फोट भएको बताइएको छ ।

स्थानीयका अनुसार घटनामा उनको छोरा रविन घाइते भए पनि अहिलेसम्म आमा ठकुरीले सोधखोज र सम्पर्कमा आएका छैनन् । छिमेकीहरूका अनुसार ठकुरी करिब डेढ वर्षदेखि स्थानीय अमित श्रेष्ठको घरमा बस्दै आएका थिइन् । उनको श्रीमान् वैदेशिक रोजगारीअन्तर्गत कोरियामा रहेका बेला करिब सात वर्षअघि उतै आत्महत्या गरी मृत्यु भएको बताइएको छ । उनी कुनै कामधन्दा, व्यापार–व्यवसाय नगरी बसेकी थिइन् । टोलमा दुई/चार जना भेला पारेर दिनभरि लुडो खेलेर बसेको देखिन्थिन् ।

घाइतेमध्ये गुरुङ सोमबार मात्रै झापाको काँकडभिट्टा पुगेर आएका थिए । झापामा कुकर बम राखेको र इटहरीको यो घटनामा झापाकै खगेन्द्र खरेलको नाम जोडिएको छ । खरेलकै नेतृत्वमा झापाको बिर्तामोड नगरपालिका–४ बस स्टेन्डमा प्रेसर कुकुरका साथमा पर्चा फेला पारेको थियो । त्यस्तै माघ १३ मा दमक नगरपालिका–५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको प्रेसर कुकर र पर्चा फेला परेको थियो । उनीहरूले हिन्दु राष्ट्र र राजसंस्थाको नाम जोडेर चन्दा असुली गर्दै आएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले बताएका थिए ।

दुवै घटनामा प्रहरीले परिषद्को पर्चा फेला पारेपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकले टोली बनाएर अनुसन्धान अगाडि बढाएको थियो । उक्त अनुसन्धानका क्रममा नै मुख्य नाइके मानिएका झापा गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमनकुमार कार्कीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

यो समूहमा अधिकांश सदस्य आपराधिक गतिविधिमा जोडिएका व्यक्ति छन् । उनीहरूले संगठित अपराधको जालो पनि जेलमै बसेर बनाएको झापा प्रहरीले पत्रकार सम्मेलनमा जनाएको थियो । भारतको बिहार राज्यको कालियागन्जमा बसेर झापा, मोरङ र सुनसरीमा अपराधको जालो फैलाएको बताइएको थियो ।

सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले भने, ‘इटहरीको घटनास्थलमा परिषद्को पर्चा भेटिएपछि झापाको घटनालाई पनि जोडेर हेर्न थालिएको छ । संगठन र सदस्य कुन–कुन अपराधसँग जोडिएका छन्, अनुसन्धान गर्दै छौं ।’ प्रहरीका अनुसार गुरुङले पैसाका लागि उक्त काम गरेको बताएका छन् । उनले आफूले ल्याएको वस्तु बम हो भनी थाहा नभएको पनि जनाएका छन् । उक्त समूहको राजनीतिक पृष्ठभूमि भने नभएर आपराधिक पृष्ठभूमि बढी भएको प्रहरीको भनाइ छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago