काठमाडौं: ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ चैत २० गते आइतबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतवार बिहान ८ बजे आफ्नै कार्यालय बानेश्वर, काठमाडौंमा आइपीओ बाँडफाँड गर्ने जनाएको छ ।
प्रि अलोटमेन्ट भने गरिसकेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्काशन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गर्नेछ । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो ।
कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँड गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
सार्वजनिक निष्काशनमार्फत विक्रीमा आएको शेयर खरीदका लागि २१ लाख ५७ हजार ६३१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट २ अर्ब ५९ करोड ४० लाख ५६ हजार बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयर खरीदको आवदन परेको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…