काठमाडौँ: दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निष्क्रिय बनाएर भारतको नेतृत्वमा अघि बढाइएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र स्वीकृत भएको छ ।
पाकिस्तानलाई पाखा लगाएर दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुक समेटेर स्थापना गरिएको बिमस्टेकले २४ वर्षपछि बडापत्र (चार्टर्ड) पाएको हो । सदस्य राष्ट्रका सरकार प्रमुखहरूको भर्चुअल हस्ताक्षर समारोहपछि बिमेस्टकको पाँचौं शिखर सम्मेलनले बुधबार बडापत्र स्वीकृत गरेको हो । नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका छन् । बडापत्र पाएसँगै बिमस्टेकले वैधानिकता पाएको छ ।
बडापत्रसँगै बिमस्टेकलाई थप संगठित बनाउन र सहकार्यसहित अघि बढाउन सम्मेलनले तीनवटा नयाँ संयन्त्रलाई अनुमोदन गरेको छ । सम्मेलनमा सहभागी सदस्य मुलुकका विदेशमन्त्रीहरू (म्यान्मारबाहेक) ले ती संयन्त्रमा हस्ताक्षर गरेका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले हस्ताक्षर गरे । म्यान्मारका विदेशमन्त्रीले भने भर्चुअल रूपमा हस्ताक्षर गरेका थिए ।

नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी ज्ञापनपत्र’ मा हस्ताक्षर गरिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारी पत्र’ मा हस्ताक्षर गरे ।

बिमस्टेकका सदस्य मुलुकबीच पर्याप्त सहकार्य नहुँदा लामो समयसम्म संस्थालाई कसरी अगाडि बढाउने भन्ने अन्योल थियो तर यस पटकको शिखर सम्मेलनले बडापत्र र अन्य सम्झौता गरेर थप अघि बढाउन मद्दत गरेको छ । सन् १९९७ मा बिमस्टेकको स्थापना भएको थियो । नेपाल सन् २००४ मा सदस्य बनेको हो ।

पाकिस्तानसँग निरन्तरको द्वन्द्वपछि भारतले क्षेत्रीयस्तरमा अघि बढ्नका लागि नयाँ क्षेत्रीय संयन्त्रका रूपमा बिमस्टेकलाई अघि बढाएको हो । सन् २०१४ मा नेपालमा १८ औं सार्क शिखर सम्मेलन भएयता हरेक दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन । भारत र पाकिस्तानको द्वन्द्वका कारण इस्लामावादमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन सकेको छैन । बिमस्टेकले लामो समयसम्म बडापत्र बाहिर नल्याउँदा क्षेत्रीय संस्था भिजनबिना अघि बढिरहेको थियो । नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले भारतले पाकिस्तानलाई अलग गर्नका लागि बिमस्टेक ल्याएको भन्ने सबैलाई थाहा भएको उल्लेख गरे ।

उनले बिमस्टेकले बडापत्र ल्याएर अघि बढ्न खोजे पनि यसको भविष्य यो क्षेत्रमा भारत, चीन र अमेरिकाबीच कस्तो सम्बन्ध हुन्छ भन्नेमा भर पर्ने बताए । ‘भारत, चीन र अमेरिका तीन शक्तिबीचको सन्तुलनमै बिमस्टेकको भविष्य निर्धारण हुन्छ,’ उनले भने । बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । अन्तर्राष्ट्रिय मामिलाका जानकार कूटनीतिज्ञ दिनेश भट्टराई बिमस्टेकको बडापत्र आउनुलाई स्वागत गर्छन् । उनका अनुसार बिमस्टेक अघि बढे पनि सार्ककै स्तरमा पुगिनसकेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शन प्रवर्द्धन गर्नॅपर्ने बताएका छन् । बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई बुधबार बिहान काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका छन् । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा आएको छैन ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, ‘जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ, फर्कन नसक्ने गरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ ।’

दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रम कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए । ‘यो अतिकम विकसित मुलुकबाट माथि उक्लिएको नेपालजस्ता देशका लागि यो निकै महत्त्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने । उनले खोप र स्वास्थ्य प्रणाली, सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago