काठमाडौँ: दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निष्क्रिय बनाएर भारतको नेतृत्वमा अघि बढाइएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र स्वीकृत भएको छ ।
पाकिस्तानलाई पाखा लगाएर दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुक समेटेर स्थापना गरिएको बिमस्टेकले २४ वर्षपछि बडापत्र (चार्टर्ड) पाएको हो । सदस्य राष्ट्रका सरकार प्रमुखहरूको भर्चुअल हस्ताक्षर समारोहपछि बिमेस्टकको पाँचौं शिखर सम्मेलनले बुधबार बडापत्र स्वीकृत गरेको हो । नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका छन् । बडापत्र पाएसँगै बिमस्टेकले वैधानिकता पाएको छ ।
बडापत्रसँगै बिमस्टेकलाई थप संगठित बनाउन र सहकार्यसहित अघि बढाउन सम्मेलनले तीनवटा नयाँ संयन्त्रलाई अनुमोदन गरेको छ । सम्मेलनमा सहभागी सदस्य मुलुकका विदेशमन्त्रीहरू (म्यान्मारबाहेक) ले ती संयन्त्रमा हस्ताक्षर गरेका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले हस्ताक्षर गरे । म्यान्मारका विदेशमन्त्रीले भने भर्चुअल रूपमा हस्ताक्षर गरेका थिए ।

नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी ज्ञापनपत्र’ मा हस्ताक्षर गरिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारी पत्र’ मा हस्ताक्षर गरे ।

बिमस्टेकका सदस्य मुलुकबीच पर्याप्त सहकार्य नहुँदा लामो समयसम्म संस्थालाई कसरी अगाडि बढाउने भन्ने अन्योल थियो तर यस पटकको शिखर सम्मेलनले बडापत्र र अन्य सम्झौता गरेर थप अघि बढाउन मद्दत गरेको छ । सन् १९९७ मा बिमस्टेकको स्थापना भएको थियो । नेपाल सन् २००४ मा सदस्य बनेको हो ।

पाकिस्तानसँग निरन्तरको द्वन्द्वपछि भारतले क्षेत्रीयस्तरमा अघि बढ्नका लागि नयाँ क्षेत्रीय संयन्त्रका रूपमा बिमस्टेकलाई अघि बढाएको हो । सन् २०१४ मा नेपालमा १८ औं सार्क शिखर सम्मेलन भएयता हरेक दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन । भारत र पाकिस्तानको द्वन्द्वका कारण इस्लामावादमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन सकेको छैन । बिमस्टेकले लामो समयसम्म बडापत्र बाहिर नल्याउँदा क्षेत्रीय संस्था भिजनबिना अघि बढिरहेको थियो । नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले भारतले पाकिस्तानलाई अलग गर्नका लागि बिमस्टेक ल्याएको भन्ने सबैलाई थाहा भएको उल्लेख गरे ।

उनले बिमस्टेकले बडापत्र ल्याएर अघि बढ्न खोजे पनि यसको भविष्य यो क्षेत्रमा भारत, चीन र अमेरिकाबीच कस्तो सम्बन्ध हुन्छ भन्नेमा भर पर्ने बताए । ‘भारत, चीन र अमेरिका तीन शक्तिबीचको सन्तुलनमै बिमस्टेकको भविष्य निर्धारण हुन्छ,’ उनले भने । बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । अन्तर्राष्ट्रिय मामिलाका जानकार कूटनीतिज्ञ दिनेश भट्टराई बिमस्टेकको बडापत्र आउनुलाई स्वागत गर्छन् । उनका अनुसार बिमस्टेक अघि बढे पनि सार्ककै स्तरमा पुगिनसकेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शन प्रवर्द्धन गर्नॅपर्ने बताएका छन् । बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई बुधबार बिहान काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका छन् । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा आएको छैन ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, ‘जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ, फर्कन नसक्ने गरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ ।’

दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रम कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए । ‘यो अतिकम विकसित मुलुकबाट माथि उक्लिएको नेपालजस्ता देशका लागि यो निकै महत्त्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने । उनले खोप र स्वास्थ्य प्रणाली, सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago