ग्लोबल बैंकले क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जमा जानका लागि अनौपचारिक छलफल

काठमाडौं- एकपछि अर्को सफलता हात पार्ने अभियानमा रहेको ग्लोबल आईएमई बैंकले कुनै बैंकसँग मर्जरमा जाने गरी नयाँ योजना सुरु गरेको छ। ग्लोबल बैंकले पछिल्लो समय नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जमा जानका लागि अनौपचारिक छलफल गरेको छ।
केही महिनायता एनसीसी र ग्लोबल आईएमई बैंकको मर्जर चर्चा चले पनि ठोस प्रगति भने हुन सकेको थिएन। पछिल्लो समय बैंकहरू एकपछि अर्को मर्जरमा जानेगरी छलफल थालेपछि ग्लोबल आईएमई र एनसीसीबीच पुनः मर्जको प्रस्तावमा छलफल सुरु भएको हो।

छलफलमा स्वाप रेसियोदेखि अन्य विषयमा समेत अनौपचरिक कुराकानी भएका छन्। एनसीसी बैंकलाई एसबीआई बैंकले समेत मर्जको प्रस्ताव गरिसकेको छ। एनसीसी बैंकअहिले ग्लोबल आईएमई र एसबीआई बैंकसँग समानान्तर छलफलमा रहेको छ। एनसीसीको यसअघि नबिल बैंकसँग मर्जको प्रक्रिया अगाडि बढेको थियो। तर स्वाप रेसियो र सम्पती मूल्यांकन (डीडीए) मा कुरा नमिलेपछि भाँडिएको थियो।

नाफामा पहिलो बनेपछि ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि पहिलो हुने दाउमा लागेको छ। बैंकको सबै सूचकको सुधारले लगानीकर्ता उत्साहित देखिएका छन्। एकपछि अर्को सफलता हात पार्दै गएको ग्लोबल आईएमई बैंक ६ महिनाको विवरण हेर्दा नाफा धेरै कमाउनेमा पहिलो बनेको छ।

यसअघि एनआईसी एसिया बैंकको नाफा बढी हुने गरेकोमा ग्लोबल आईएमई बैंकले नबिल र एनआईसी एसिया बैंकलाई पनि पछि पारेको हो। योसँगै ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि आकर्षक बन्दै जाने देखिएको छ।

बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिएको छ। वितरणयोग्य नाफामा उत्साहजनक वृद्धि गरेकोले पनि आगामी वर्षहरूमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई आकर्षक लाभांश दिने निश्चित रहेको छ। बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ५२२ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। भने न्यूनतम २७५ रुपैयाँमा कारोबार भएको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो। खुद फि तथा कमिसन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१.४० रुपैयाँबाट बढेर २२.३९ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी पनि २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

एनसीसीले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ। सेयरधनीलाई बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरिसकेको छ। त्यस्तै बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश घोषणा गरेको छ।

एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। एनसीसीको पछिल्लाे ५२ हप्तामा अधिकतम ४०७ रुपैयाँसम्म अधिकतम सेयर मूल्य पुगेकाे थियाे। भने न्युनतम २३६ रुपैयाँमा काराेबार भएकाे थियाे। बैंककाे बिहीबार प्रतिकित्ता २७३ रुपैयाँमा किनबेच भएकाे थियाे। बैंककाे प्रतिसेयर आम्दानी १६ रुपैयाँ रहेकाे छ।

एनसीसी र ग्लोबल आईएमई बैंक मर्जरमा गएमा ३४ अर्ब ८२ करोड चुक्ता पुँजी भएको सबैभन्दा ठूलो बैंक बन्ने छ। यसअघि पनि ग्लोबल आईएमई र जनता बैंकबीच मर्ज भएर राष्ट्र बैंकको बिग मर्जरको नीतिलाई साथ दिइएको थियो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago