काठमाडौं। सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउनकै लागि प्रदेश १ का ७ मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी भएको छ ।
आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय थपघट गर्ने निर्णय गरेको हो ।
यद्यपि, मन्त्रिपरिषद्को उक्त निर्णय भने तत्काल सार्वजनिक गरिएको छैन ।
अहिले नै यसबारे निर्णय बाहिरिए आलोचित हुने मनसायले प्रदेश सरकारले निर्णय गुपचुपमा राखेको बताइएको छ ।
यसअघि बागमती प्रदेशमा पनि भागबन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएपछि निकै आलोचित बनेको थियो ।
प्रदेशमा हाल कायम रहेका ७ मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई हेरफेर गर्न लागिएको बताइएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…