नेतृ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरेको भन्दै थप नयाँ मुद्दा दर्ता

एजेन्सी । म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।

म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो। मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका हुन् ।

सुकीविरुद्ध दर्ता गरिएको नयाँ मुद्दा ६ महिनाभित्र छिनोफानो हुने समेत स्रोतले जनाएको छ । उनीसँगै पूर्व राष्ट्रपति एवं नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का प्रभावशाली नेता विङ मिङ्टविरुद्ध समेत निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।

यसबाहेक, सेनाले ‘कू’ यता निर्वाचन आयोगका कैयौं वरिष्ठ सदस्यलाई एनएलडीलाई भारी बहुमतसहित जिताउन सघाएको भन्दै पक्राउ गरिसकेको छ । सेनाले गत वर्षको जुलाइमा धाँधलीका १ करोड भन्दा बढी घटना भएको भन्दै २०२० को निर्वाचन परिणाम रद्द गरेको थियो ।

गत वर्षको फेब्रुअरी १ गते भएको सैनिक ‘कू’पछि म्यानमारमा व्यापक विरोध प्रदर्शन भएको थियो । सेनाले निर्मम दमन गरेको उक्त प्रदर्शनका क्रममा झण्डै १५ सय सर्वसाधारणको ज्यान गएको बताइन्छ ।

सेनाले हाल हिरासतमा रहेकी सुकीमाथि विभिन्न आरोपमा मुद्दा दर्ता गरिसकेको छ । यदि उनी सबै आरोपमा दोषी ठहर भए १०० वर्षभन्दा बढी जेल जसाय हुन सक्ने समाचारमा उल्लेख छ ।

यसअघि उनलाई अवैध रुपमा वाकीटकी प्रयोग गरेको, सेनाविरुद्ध प्रदर्शन भड्काएको र कोभिड–१९ सम्बन्धी नियम पालना नगरेको मुद्दामा ६ वर्ष जेल सजाय सुनाइसकिएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago