एजेन्सी । म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।
म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो। मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका हुन् ।
सुकीविरुद्ध दर्ता गरिएको नयाँ मुद्दा ६ महिनाभित्र छिनोफानो हुने समेत स्रोतले जनाएको छ । उनीसँगै पूर्व राष्ट्रपति एवं नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का प्रभावशाली नेता विङ मिङ्टविरुद्ध समेत निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।
यसबाहेक, सेनाले ‘कू’ यता निर्वाचन आयोगका कैयौं वरिष्ठ सदस्यलाई एनएलडीलाई भारी बहुमतसहित जिताउन सघाएको भन्दै पक्राउ गरिसकेको छ । सेनाले गत वर्षको जुलाइमा धाँधलीका १ करोड भन्दा बढी घटना भएको भन्दै २०२० को निर्वाचन परिणाम रद्द गरेको थियो ।
गत वर्षको फेब्रुअरी १ गते भएको सैनिक ‘कू’पछि म्यानमारमा व्यापक विरोध प्रदर्शन भएको थियो । सेनाले निर्मम दमन गरेको उक्त प्रदर्शनका क्रममा झण्डै १५ सय सर्वसाधारणको ज्यान गएको बताइन्छ ।
सेनाले हाल हिरासतमा रहेकी सुकीमाथि विभिन्न आरोपमा मुद्दा दर्ता गरिसकेको छ । यदि उनी सबै आरोपमा दोषी ठहर भए १०० वर्षभन्दा बढी जेल जसाय हुन सक्ने समाचारमा उल्लेख छ ।
यसअघि उनलाई अवैध रुपमा वाकीटकी प्रयोग गरेको, सेनाविरुद्ध प्रदर्शन भड्काएको र कोभिड–१९ सम्बन्धी नियम पालना नगरेको मुद्दामा ६ वर्ष जेल सजाय सुनाइसकिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…