काठमाडौं: एमसीसीका कारण यतिबेला गठबन्धन टुट्ने देखि सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव सम्म दर्ता हुने खतरा बढेको छ । विश्वस्त स्रोतका अनुसार एमसीसी निर्णयार्थ प्रतिनिधि सभामा प्रस्तुत गर्न प्रधानमन्त्री देउवा तयार भइसकेका छन् ।
माओवादी एमसीसी पारित गर्ने पक्षमा नदेखिए सभामुखले टेबुल नगर्ने सम्भावना पनि देखिएको छ । त्यतिबेला सभामुखलाई हटाउन महाभियोगको प्रस्तावसहित तयारी भएको बुझिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुख सापकोटालाई हटाउन चाहन्छन् । एमालेका नेताहरुले सापकोटाको बर्हिगमनको माग सार्वजनिक रुपमा गरिसकेका छन् । एमाले नेता प्रदीप ज्ञवालीले यसबारे बोलिसकेका छन् । एमाले सभामुख हटाएमा एमसीसी पारित गर्न तयार देखिएको छ । यसले सभामुख सापकोटामाथि पनि चुनौती बढेको छ । विगतमा एमसीसी टेबुल गर्न नमानेको भन्दै ओलीले कृष्णबहादुर महराको खुलेरै आलोचना गरेका थिए । तत्कालीन सभामुख महराले एमसीसी निर्णयार्थ संसदमा प्रस्तुत गर्न तयार नभएर रोकेका थिए । एमसीसी त्यतिबेला टेबुल नभएको दोष महरालाई लाग्यो ।
सभामुख सापकोटा अहिले नेकपा एमालेको तारो बनेका छन् । नेकपा विभाजन हुनुलाग्दा नेकपा एस बनाउन लागेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेर एमालेले संसद सचिवालयमा दर्ता गरेको थियो । तर, सभामुख त्यो दिनदेखि बिदामा बसे । एमाले फुटाएर नेकपा एस बनाउने निवेदन दर्ता भएपछि बल्ल उनी संसद सचिवालय पुग्न थाले । त्यसकारण एमालेले सभामुख सापकोटालाई एमाले विभाजनको मतियारको आरोप लगाएको छ । अदालतमा मुद्दा समेत दर्ता गरेको छ । सापकोटाकालाई सभामुखबाट हटाउनुलाई ओलीले प्रतिष्ठाको विषय नै बनाएको देखिदैछ । यतिबेला एमसीसीको मुद्दा अगाडि आउँदा एमालेका लागि उपयुक्त अवसर देखिएको छ । प्रचण्ड एमसीसी रोक्न सफल नभएमा पारित गर्नुपर्ने वाध्यतामा पर्न सक्छन् । उनी एमसीसीको विपक्षमा उभिने सम्भावना पनि छ ।
त्यसले गठबन्धन टुट्न सक्छ । एमसीसीलाई टेबुल गर्नबाट नै रोक्न खोजेमा भने सभामुख सापकोटाको पद धरापमा पर्न सक्छ । उनीविरुद्ध एमसीसी पक्षधरहरुले महाभियोगको अस्त्र समेत तयार गरिसकेका छन् । संविधान अनुसार प्रतिनिधि सभाको हाल रहेको सदस्य संख्याको २५ प्रतिशतले महाभियोग लगाउन सक्ने प्रावधान छ । पारित गर्न दुई तिहाई मत आवश्यक पर्छ । नेकपा एमाले, नेपाली काँग्रेस, जसपा वा लोसपा मिलेमा सभामुखविरुद्धको महाभियोग प्रस्ताव पारित हुनसक्छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago