दोहोरो अंकको गिरावट हुँदा तीन उपसूचक बाहेक सबै रात्ताम्मे

२०७८, १७ माघ सोमबार १६:२०

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ४८ अंकले घटेर २,८७१ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज माइक्रोफाइनान्स इन्भेष्टमेन्ट र अन्य बाहेक सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २२५ वटा कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको ३१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७४० रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको ३१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्स कम्पनी र विन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माउन्टेन हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर