र्‍यापर लाहुरेलाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०७८, १७ माघ सोमबार १५:५४

काठमाडौं । लागु औषध कारोबारमा प्रकाउ परेका र्‍यापर आशिष राना (लाहुरे)लाई अनुसन्धानका लागि ११ दिन म्याद थप गरिएको छ।

फाइल फोटो

कास्की जिल्ला अदालतले म्याद थपेर अनुसन्धानका लागि अनुमति दिएको हो। लाहुरे सहित ४ जनामाथि थप अनुसन्धान गर्न म्याद थप भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

यसअघि अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिन अनुसन्धानका लागि समय दिएको थियो।प्रहरीले पुस १४ गते राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु