एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र ओलीबीच हिमचिम बढेपछि प्रचण्ड-माधव तनावमा !

काठमाडौं । अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पास गर्नेगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघि बढेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ। खासगरी स्थानीय तहको निर्वाचनबारे गठबन्धनका नेताहरु छलफलमा जुटेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि सहयोग गर्नपनि आग्रह गरेका थिए ।
फाइल फोटो

देउवाले एमसीसी पारित गर्न नसघाए आफूलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहयोग गर्ने प्रस्ताव गरेको पनि खुलासा गरे । प्रधानमन्त्रीको मुखबाट यस्तो सुनेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अचम्मित भएका थिए ।

स्रोतकाअनुसार देउवाले उक्त छलफलमा एमसीसी पारित गराउन सहयोग नगरे गठबन्धन पनि टुट्ने चेतावनी दिएका थिए । यसअघि गत पुष २४ गते प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब सवा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटमा सदनको अवरोध हटाउने र एमसीसी पास गर्नेबारे छलफल भएको समाचार आएका थिए ।

अहिले एमालेले सदन अवरुद्ध जारी राखेको छ । एमालेले एमसीसीलाई पाँच दलीय गठबन्धन टुटाउने अन्तिम अस्त्र बनाएको छ। एमाले अध्यक्ष ओलीले एमसीसी पास गराउन चाहेको हो भने सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन प्रधानमन्त्री देउवालाई प्रस्ताव राखेका थिए । सभामुखलाई हटाए एमसीसी पास गराउन आफूहरुले सघाउने ओलीको वचन थियो ।

ओलीको उक्त वचन पाएपछि प्रधानमन्त्री देउवाले अन्तिममा आएर गठबन्धनका नेताहरुमाथि दबाब बढाएका छन् । अमेरिकाले फेब्रुअरीभित्रै एमसीसी पास नगरे फिर्ता लैजाने चेतावनी दिएकोले प्रधानमन्त्री देउवाले सदनबाट एमसीसी छिटो टुँगो लगाउन चाहेका छन् । आजमात्रै पनि प्रचण्डले प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

यो भेटपनि एमसीसीबारे नै केन्द्रित रहेको बुझिएको छ । उता, माधव नेपालले पनि आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । गठबन्धनमा भएको पछिल्लो छलफललाई लिएर गठबन्धनका नेताहरुको सक्रियता बढेको छ ।

आजमात्रै प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले लामो फोन सम्वादन गरेको चर्चा छ । चीनले कुनैपनि हालतमा एमसीसी पास नगराउन दबाब दिईरहेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago