काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिए ।
आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, वनकाली, गुहेश्वरी लगायतका क्षेत्रमा पुगेका थिए । सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए । पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।
उनले पशुपतिमा फूल, रुद्राक्ष विक्रीका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्बीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला विक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए । उनले पशुपति क्षेत्रमा निःशूल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ति जनाए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…