काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाहलाई नियुक्त गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले शाहलाई नियुक्ति गर्ने प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्य व्यक्तिगत कारणले गर्दा कार्यकाल सकिनु डेढ वर्ष अगाडी नै बाहिरिदै छन् । उनि यहि माघ मसान्तसम्म मात्रै बस्ने भएकाले कम्पनीले फागुनदेखि नै नियुक्ति गर्ने हिसावले शाहलाई नियुक्ति गर्ने प्रकृयाँ अगाडी बढाएको हो ।
तर कुलिङ पिरियडका कारण शाह फागुन ९ गते पछि मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि योग्य हुन्छन् । उनि नेपाल इन्स्योरेन्स कम्पनीबाट साउन ८ गते पद मुक्त भएका थिए । यस हिसावले उनि फागुन ९ गते हिमालयन जनरलमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि योग्य ठहरिन्छन् । संस्थागत सुशासन निर्देशिका अनुसार बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ महिनाको कुलिङ पिरियड तोकिएको छ ।
शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । ३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…