काठमाडौं। पाँच दिनअघि एक दम्पती अस्ट्रेलियाबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए। झन्डै साढे दुई वर्षपछि उनीहरु नेपाल फर्किएका थिए। विमानस्थलमा रहेका भन्सार कार्यालयका कर्मचारीले उनीहरुलाई एकाएक रोके।
उनीहरुले शरीरमा लगाएको सुन नै उनीहरुलाई कर्मचारीले रोक्नुको कारण बन्यो। शरीरमा दुई जना दम्पतीले यति धेरै सुन पहिरिएका थिए कि कर्मचारीले एकएक गरी खोल्न लगाए।
हातदेखि गलासम्म लगाएका सबै सुनका गहना खोलियो। करिब ६० वर्ष उमेर नाघिसकेका दम्पतीलाई विमानस्थलमा जे गरियो – उनीहरुका लागि सैह्य थिएन। आफ्नो शरीरका गहना किन खोल्न लगाएको ? प्रतिवादमा उत्रिए उनीहरु। तर, ड्युटीमा खटिएका कर्मचारीले के सुन्थे?एकएक गर्दै शरीरमा भएका सुन खोल्न बाध्य भए बस्नेत दम्पती। हातको औंठीदेखि गलाको सिक्रीसम्म खोलेर तौल गरियो। २२ तोलाभन्दा बढी सुनका गहना रहेछ उनीहरुले लगाएको।

‘धेरै समय भएको थियो। हाम्रो शरीरमा कति तोला सुन रहेछ भन्ने थाहा थिएन। पहिले देखिनै लगाइरहेका थियौं। तौल गर्दा पो २२ तोला बढी देखियो,’ ती दम्पतीको जवाफ दियो।कर्मचारीले सुन लैजान राजश्व तिर्नुपर्ने बताएपछि उनीहरु हच्किए।
‘आफैँले लगाएको सुनमा पनि विदेशबाट आउँदा राजस्व तिर्नुपर्ने?’

उनीहरुले नेपालबाट दुईवर्ष अघि अष्ट्रेलिया जाँदा गहना लगाएरै गएको जिकिर गरे। तर, भन्सारका कर्मचारी उनीहरुको कुनै कुरा सुन्ने पक्षमा थिएनन्। भन्सार कार्यालयका कर्मचारीले उनीहरुले लगाएको सुन जफत गरे। ती दम्पतीमात्र होइन पछिल्लो समय यसरी विदेशबाट फर्किनेहरुले सरकारले तोके भन्दाबढी सुन ल्याएमा राजस्व तिर्नुपर्ने हुन्छ।

विदेश जाँदा भने जति तोला सुन लगाएर गए पनि कुनै रोकतोक हुँदैन। तर, फर्किँदा भने सरकारले तोकेभन्दा बढी सुन ल्याउँदा राजस्व बुझाउनुपर्छ। यसरी राजस्व बुझाउनेहरुको एउटै प्रश्न हुन्छ – विदेशबाट आफैँले लगाएको गहना ल्याउन नदिने भए जाँदा पनि यति सुनमात्र लगाउन पाउने किन नभनेको त?यसरी भन्सार कार्यालयले जफत गरेको सुन दुई महिना अर्थात् ६० दिन भित्र राजस्व तिरेर लैजानुपर्ने हुन्छ।
‘धेरैजना मानिस आफ्नै सुन ल्याउँदा किन राजस्व तिर्नुपर्ने भन्नुहुन्छ। तर, सरकारको नियम नै यस्तो छ। हामीले त नियमको पालना गरेर काम गर्ने न हो,’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराइले।
विदेशबाट फर्किदाँ राजस्व तिरेर सरकारले तोके अनुसार काँचो तथा सुनका गहनाहरु ल्याउन पाइन्छ। अहिले त्रिभुवन भन्सार कार्यालयले विदेशबाट हुने सुन तस्करीलाई कम गर्न भन्सार चेकिङ कडाइ गरेको छ।

जसको कारण विदेशबाट फर्किदा सुनका गहना र काँचो सुन बैधानिक तरिकाबाट ल्याउनेहरुमा पनि यसको असर पर्न थालेको छ। अहिले दैनिक औसत २ केजी सुन विदेशबाट आउने गरेको छ। यो व्यक्तिले ल्याउने सुनको परिणाम हो। व्यवसायका लागि बैंकमार्फत दैनिक २० किलो सुन भित्रिन्छ।

माघ १५ गते विभिन्न ५४ जना यात्रुहरुबाट २ केजी ५ सय ५४ ग्राम सुन आएको देखिएको छ। यसरी गहना बनाएर आएका सुनहरुको राजस्व बुझाएपछि मात्र भन्सार बाहिरिन दिन्छ।

‘मंसिरको केही दिनमा तुलना गर्दा घटेको देखिन्छ। अहिले पनि दैनिक २ केजी भन्दाबढी आउने गरेको देखिएको छ। सबैलाई सुन ल्याउनेहरुलाई राजस्वको दायरमा ल्याउन कडाई गरेका छौं,’ भट्टराईले भने।

माघ १४ गते १ हजार २ सय ग्राम सुन राजस्व तिरेर भित्रिएको राजस्व कार्यालयको तथ्याङकले देखाएको छ। माघ १३ गते २ किलो १७ ग्राम सुन भित्रिएको थियो। त्यस्तै मंसीरको दोस्रो साता लगातार केही दिनसम्म १२ केजी भन्दाबढी सुन आएको देखिएको छ।

अहिले विदेशबाट अबैध रुपमा बरामद हुने सुनको परिमाण भने घटेको भन्सार कार्यालयको दाबी रहेको छ। केही दिनअघि मात्र भन्सारले सुनको बालामा चाँदीको जलप लगाएर ल्याएको ९३ ग्राम सुन बरामद गरेको थियो। यसरी अबैध तरिकाले सुन ल्याउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
‘अबैध सुन बरामद अहिले कम देखिएको छ। सुरक्षा चेकिङमा समेत कडाई गरेका छौं,’ त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।
के विदेशबाट सुन ल्याउनै पाइँदैन त ?भन्सार ऐन अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्।

यस्तै, ऐन अनुसार ५० ग्राम भन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत हुन्छ। ५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति दश ग्राम १० हजार रुपैयाँका दरले तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दशग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन त्याएमा त्यस्तो बढी परिमाण जफत गरिने नियममा रहेको छ। यसरी ल्याएको १ सय ग्राम सुनमा पहिलो ५० ग्राममा प्रति दश ग्राममा ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा १० हजार ५ सय रुपैयाँ भन्सार लाग्छ। अर्थात १ सय ग्राम सुनमा १ लाख रुपैयाँ राजस्व तिर्नुपर्छ।

तर, यस्तो सुन लुकाइछिपाइ गरेर ल्याएको खण्डमा जफत हुने र अन्य कानुनी कारवाही समेत भोग्नु पर्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago