आर्थिक अनियमितताको कारण बंगलादेशी बीमकको जीवन बीमा कोष खुम्चियो

ढाका । बंगलादेशको धितो पत्र बजारमा सूचीकृत जीवन बीमकको बीमा कोष पछिल्लो पाँच वर्षयता घट्दै गएको छ । उच्च संचालन लागत, बीमा कोषको दुरूपयोग लगायत कारणले गर्दा जीवन बीमकको मेरूदण्ड मानिने बीमाकोष कमजोर हुँदै गएको हो ।

बंगलादेशी अखबार द डेली स्टारले बंगलादेशका कूल ३३ मध्ये सूचीकृत १३ वटा जीवन बीमकको बीमा कोषको तुलनात्मक तथ्यांक सार्वजनिक गर्दै सन् २०१५ यता जीवन बीमा कोष यथावत रहेको उल्लेख गरेको छ । जीवन बीमकहरूबीच प्रतिस्पर्धा चुलिए पनि जीवन बीमामा सर्वसाधारणको पहुँच वृद्धिमा योगदान पुगेको छैन ।

द डेली स्टारका अनुसार बंगलादेशमा कूल जनसंख्याको जम्मा शुन्य दशमलव ४ प्रतिशत जनसंख्याको बीमामा पहुँच पुगेको छ । यो एशिया महादेशकै सबैभन्दा न्यून हो ।

जीवन बीमा कम्पनीहरूमध्ये पोपुलर लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संचालनमा आएको दुइ दशक पुरा भएको छ । यो कम्पनीको बीमा कोष अहिले ३८ प्रतिशतले खुम्चिएको छ । त्यसैगरी फेयरेष्ट इस्लामी जीवन बीमा कम्पनीको बीमा कोष २१ प्रतिशतले ह्रास आएको छ ।

मृत्यु दाबी भुक्तानी र पूर्णावधि दाबी भुक्तानीमा करिब १० वटा जीवन बीमा कम्पनीले आलटालका कारण जीवन बीमा प्रति सर्वसाधारणको विश्वास खस्किएको छ ।

सन् २०१५ देखि २०१७ सम्ममा नियामक निकायको कमजोर नियमनका कारण जीवन बीमा कम्पनीको संचालक समितिले जीवन बीमा कोषको व्यापक दुरूपयोग गरेका घटना अहिले सार्वजनिक भइरहेका छन् । बंगलादेश बीमा विकास तथा विनियामक प्राधिकरणका अध्यक्ष स्वयम् पनि भ्रष्टाचारको मुद्दा खेपि रहेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago