आर्थिक अनियमितताको कारण बंगलादेशी बीमकको जीवन बीमा कोष खुम्चियो

ढाका । बंगलादेशको धितो पत्र बजारमा सूचीकृत जीवन बीमकको बीमा कोष पछिल्लो पाँच वर्षयता घट्दै गएको छ । उच्च संचालन लागत, बीमा कोषको दुरूपयोग लगायत कारणले गर्दा जीवन बीमकको मेरूदण्ड मानिने बीमाकोष कमजोर हुँदै गएको हो ।

बंगलादेशी अखबार द डेली स्टारले बंगलादेशका कूल ३३ मध्ये सूचीकृत १३ वटा जीवन बीमकको बीमा कोषको तुलनात्मक तथ्यांक सार्वजनिक गर्दै सन् २०१५ यता जीवन बीमा कोष यथावत रहेको उल्लेख गरेको छ । जीवन बीमकहरूबीच प्रतिस्पर्धा चुलिए पनि जीवन बीमामा सर्वसाधारणको पहुँच वृद्धिमा योगदान पुगेको छैन ।

द डेली स्टारका अनुसार बंगलादेशमा कूल जनसंख्याको जम्मा शुन्य दशमलव ४ प्रतिशत जनसंख्याको बीमामा पहुँच पुगेको छ । यो एशिया महादेशकै सबैभन्दा न्यून हो ।

जीवन बीमा कम्पनीहरूमध्ये पोपुलर लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संचालनमा आएको दुइ दशक पुरा भएको छ । यो कम्पनीको बीमा कोष अहिले ३८ प्रतिशतले खुम्चिएको छ । त्यसैगरी फेयरेष्ट इस्लामी जीवन बीमा कम्पनीको बीमा कोष २१ प्रतिशतले ह्रास आएको छ ।

मृत्यु दाबी भुक्तानी र पूर्णावधि दाबी भुक्तानीमा करिब १० वटा जीवन बीमा कम्पनीले आलटालका कारण जीवन बीमा प्रति सर्वसाधारणको विश्वास खस्किएको छ ।

सन् २०१५ देखि २०१७ सम्ममा नियामक निकायको कमजोर नियमनका कारण जीवन बीमा कम्पनीको संचालक समितिले जीवन बीमा कोषको व्यापक दुरूपयोग गरेका घटना अहिले सार्वजनिक भइरहेका छन् । बंगलादेश बीमा विकास तथा विनियामक प्राधिकरणका अध्यक्ष स्वयम् पनि भ्रष्टाचारको मुद्दा खेपि रहेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago