प्रधानमन्त्री पुष्पकमल दाहाल लाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफ्नो पूर्णसाथ रहने बताएका छन्।

नवगठित सरकारका प्रधानमन्त्रीलाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गरेका छन्।  प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराएका थिए।

चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘तपाईंको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ।’

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ। आज मात्रै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago