फिल्म’सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं: लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्म ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अभिनेता सरोज खनाल, कलाकार सरिता लामिछानेसहितका कलाकारहरू पोस्टरमा छाएका छन् ।

फिल्मलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरी फिल्म मार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको फिल्मका कार्यकारी निर्माता विनोद लामाले बताए । फिल्मलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । फिल्मको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक फिल्ममात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।

दशैँ लगत्तै स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा फिल्मको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । फिल्मको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।

फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।

फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट फिल्म निर्माण भएको हो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago