काठमाडौं: कोभिडभन्दा अगाडि हिमाल चढ्ने पर्यटक धेरै आउने गर्थे । सगरमाथामा हरेक वर्ष तीन/चार सयले संख्या बढिरहेको थियो । नेपाली आरोही, भरिया, स्थानीयवासीले काम पाउने गरेका थिए । साना–साना पसलदेखि होटलहरूमा व्यापार हुन्थ्यो । यसले गर्दा सगरमाथा क्षेत्रमा स्थानीय बासिन्दाको जीवनस्तर उकासिएको थियो । कोभिडका कारण एक वर्ष पर्वतारोहण ठप्प भयो ।
अहिले सुधार भएको छ । बहराइनका राजकुमारजस्ता पर्यटक आएपछि आरोहीको संख्या बढ्दै गएको हो । अहिले आरोही बढिरहेका छन् । चार सय जना विदेशी पर्यटक मनास्लु चढ्न गएका छन् । चार सय नेपाली आरोही पनि यही व्यस्त छन् । अमादब्लम, चोयु हिमाल चढ्ने गरेका छन् ।
प्रदेश १ का एलन पिक, मेरा पिकहरू चर्चित छन् । ६ हजारभन्दा बढी उचाइका मेरा, बरुण चे, अमादब्लममा धेरै समूह आइरहेका छन् । फागुन–चैतमा सगरमाथा चढ्न धेरै आउँछन् । अन्यमा भने असोज–कात्तिक र पुस–माघमा पनि आरोहण गर्ने गरिन्छ । सिनियर आरोहीहरुले जति दु:ख गरे । त्यो अनुसारको सुख–सुविधा नेपालमा पाउन सकेनन् । सरकारबाट पनि त्यही अनुसार सहयोग भएन ।
हिमाल चढ्ने एकदमै गारो काम हो । हिमाल चढ्ने र फर्किंने मात्र हुँदैन । त्यहाँ सबै काम नेपाली पर्वतारोहीहरुले गर्छन् । हिमाल चढ्न आउने विदेशीलाई पकाउने, खुवाउने, टेन्ट र अक्सिजन बोक्नेदेखि लिएर सबै काम नेपाली पर्वतारोहीले नै गर्नु पर्छ । उमेर बढ्दै गएपछि काम पाइँदैन । रिटायर्डमेन्ट छैन । राम्रो बीमा सुविधा छैन ।

कुनै विकल्प नभएपछि अन्तिम विकल्प भनेको विदेशिनु हो । पर्वतारोही भएर धेरै हिमाल चढिसकेपछि र चिनजानको आधारमा युरोप अमेरिकाको भिषा पाउन सजिलो हुन्छ । त्यहाँ गएर १० वर्ष मेहनत गर्‍यो भने आफ्ना छोरीको भविष्य बनाउन सकिन्छ । त्यही भएर पर्वतारोहीहरु पलायन भएका छन् ।

यो बिडम्बना हो । देशका लागि नाम कमाएर जीवन धान्ने गरी आफ्नै देशमा बस्ने स्थिति हुन नसक्नु राम्रो होइन । अहिले नभएपनि अबको १० वर्षपछि यसको कमी हुन्छ । युवापुस्ता आरोहण पेसामा नलाग्न सक्छन् । अहिले जति पनि युवाहरु छन् । गाउँगाउँबाट आएका छन् । सहरमा बसेका र हुर्केकाले यस्तो चुनौतीपूर्ण काम कमै गर्न सक्छन् । बाह्य मुलुकमा हिमाल आरोहण व्यवस्थित छ । जहाँ आरोहणका क्रममा आरोही र गाइड दुवैले मिलेर काम गर्छन् । तर नेपालमा नियम धेरै भएपनि कसैले पालना गर्दैनन् । जसले गर्दा हिमालमा दुर्घट्ना हुने, जथाभावी फोहोर थुप्रिने समस्या छन् ।

यो क्षेत्रमा महिला भएपनि अवसर उत्तिकै छ । तर महिला भन्ने बित्तिकै उसले सक्दैन भनिन्छ । यसमा लाग्न शारीरिक, मानसिक र प्राविधिक सबै कुराले बलियो हुनु पर्छ । त्यसैले महिलालाई अवसर दिन जरुरी छ । अवसर पाउँदा जेपनि गर्न सकिन्छ । सरकारले पनि पर्यटन क्षेत्रमा लगानी बढाउन जरुरी छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago