काठमाडौं: कोभिडभन्दा अगाडि हिमाल चढ्ने पर्यटक धेरै आउने गर्थे । सगरमाथामा हरेक वर्ष तीन/चार सयले संख्या बढिरहेको थियो । नेपाली आरोही, भरिया, स्थानीयवासीले काम पाउने गरेका थिए । साना–साना पसलदेखि होटलहरूमा व्यापार हुन्थ्यो । यसले गर्दा सगरमाथा क्षेत्रमा स्थानीय बासिन्दाको जीवनस्तर उकासिएको थियो । कोभिडका कारण एक वर्ष पर्वतारोहण ठप्प भयो ।
अहिले सुधार भएको छ । बहराइनका राजकुमारजस्ता पर्यटक आएपछि आरोहीको संख्या बढ्दै गएको हो । अहिले आरोही बढिरहेका छन् । चार सय जना विदेशी पर्यटक मनास्लु चढ्न गएका छन् । चार सय नेपाली आरोही पनि यही व्यस्त छन् । अमादब्लम, चोयु हिमाल चढ्ने गरेका छन् ।
प्रदेश १ का एलन पिक, मेरा पिकहरू चर्चित छन् । ६ हजारभन्दा बढी उचाइका मेरा, बरुण चे, अमादब्लममा धेरै समूह आइरहेका छन् । फागुन–चैतमा सगरमाथा चढ्न धेरै आउँछन् । अन्यमा भने असोज–कात्तिक र पुस–माघमा पनि आरोहण गर्ने गरिन्छ । सिनियर आरोहीहरुले जति दु:ख गरे । त्यो अनुसारको सुख–सुविधा नेपालमा पाउन सकेनन् । सरकारबाट पनि त्यही अनुसार सहयोग भएन ।
हिमाल चढ्ने एकदमै गारो काम हो । हिमाल चढ्ने र फर्किंने मात्र हुँदैन । त्यहाँ सबै काम नेपाली पर्वतारोहीहरुले गर्छन् । हिमाल चढ्न आउने विदेशीलाई पकाउने, खुवाउने, टेन्ट र अक्सिजन बोक्नेदेखि लिएर सबै काम नेपाली पर्वतारोहीले नै गर्नु पर्छ । उमेर बढ्दै गएपछि काम पाइँदैन । रिटायर्डमेन्ट छैन । राम्रो बीमा सुविधा छैन ।

कुनै विकल्प नभएपछि अन्तिम विकल्प भनेको विदेशिनु हो । पर्वतारोही भएर धेरै हिमाल चढिसकेपछि र चिनजानको आधारमा युरोप अमेरिकाको भिषा पाउन सजिलो हुन्छ । त्यहाँ गएर १० वर्ष मेहनत गर्‍यो भने आफ्ना छोरीको भविष्य बनाउन सकिन्छ । त्यही भएर पर्वतारोहीहरु पलायन भएका छन् ।

यो बिडम्बना हो । देशका लागि नाम कमाएर जीवन धान्ने गरी आफ्नै देशमा बस्ने स्थिति हुन नसक्नु राम्रो होइन । अहिले नभएपनि अबको १० वर्षपछि यसको कमी हुन्छ । युवापुस्ता आरोहण पेसामा नलाग्न सक्छन् । अहिले जति पनि युवाहरु छन् । गाउँगाउँबाट आएका छन् । सहरमा बसेका र हुर्केकाले यस्तो चुनौतीपूर्ण काम कमै गर्न सक्छन् । बाह्य मुलुकमा हिमाल आरोहण व्यवस्थित छ । जहाँ आरोहणका क्रममा आरोही र गाइड दुवैले मिलेर काम गर्छन् । तर नेपालमा नियम धेरै भएपनि कसैले पालना गर्दैनन् । जसले गर्दा हिमालमा दुर्घट्ना हुने, जथाभावी फोहोर थुप्रिने समस्या छन् ।

यो क्षेत्रमा महिला भएपनि अवसर उत्तिकै छ । तर महिला भन्ने बित्तिकै उसले सक्दैन भनिन्छ । यसमा लाग्न शारीरिक, मानसिक र प्राविधिक सबै कुराले बलियो हुनु पर्छ । त्यसैले महिलालाई अवसर दिन जरुरी छ । अवसर पाउँदा जेपनि गर्न सकिन्छ । सरकारले पनि पर्यटन क्षेत्रमा लगानी बढाउन जरुरी छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago