निर्वाचनलाई मर्यादित र भयरहित बनाउन आचरसंहिता पालना र कार्यान्वयन महत्वपूर्ण

आचारसंहिता पालना भए मात्र निर्वाचन निष्पक्ष हुन्छ ।

पाल्पा । राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशाला पाल्पाको तानसेनमा सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि आचारसंहिता पालनाका बिषयमा छलफल भएको हो ।

कार्यशालामा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिताको पालना भए मात्र निर्वाचन निष्पक्ष  र मर्यादित हुने बताउनुभएको छ । राजनीतिक दल, सरकारका मन्त्री, सरकारी कर्मचारी, पत्रकारदेखि सर्वसाधारण सबैका लागि आचरसंहिता लागु भएकाले सबैले आ–आफ्नो ठाउँबाट पालना गर्न प्रजिअ पन्तले आग्रह गर्नुभयो ।

आचारसंहिताको पालना गर्न र कोही कतैबाट उल्लंघन भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि प्रजिअ पन्तको आग्रह थियो । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई पनि नभएको प्रजिअ को भनाई थियो ।

जिल्ला अदालत पाल्पाका श्रेष्तदार तथा सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले  निर्वाचन सफल बनाउन आयोगले जारी गरेका ऐन, नियम, निर्देशिका, मापदण्ड, आचारसंहिता तथा निर्देशनहरुको पूर्णरुपमा पालना तथा कार्यान्वयनमा सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

पाल्पा बिकास केन्द्रले निर्वाचनलाई कसरी मर्यादित र भयरहित बनाउन सकिन्छ भन्ने विषयमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल र अन्तक्र्रिया गरिदै आएको छ । राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायत जिल्लाका विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुसँग छलफल, वहस र अन्तक्र्रियाले आचरसंहिता पालना र कार्यान्वयमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उपस्थिति भएका ब्यक्तिले व्यक्त गरे । केन्द्रले निष्पक्ष निर्वाचनका लागि गएको स्थानीय निर्वाचनमा पनि यस्तै कार्यक्रम सन्चालन गरेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago