निर्वाचनलाई मर्यादित र भयरहित बनाउन आचरसंहिता पालना र कार्यान्वयन महत्वपूर्ण

आचारसंहिता पालना भए मात्र निर्वाचन निष्पक्ष हुन्छ ।

पाल्पा । राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशाला पाल्पाको तानसेनमा सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि आचारसंहिता पालनाका बिषयमा छलफल भएको हो ।

कार्यशालामा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिताको पालना भए मात्र निर्वाचन निष्पक्ष  र मर्यादित हुने बताउनुभएको छ । राजनीतिक दल, सरकारका मन्त्री, सरकारी कर्मचारी, पत्रकारदेखि सर्वसाधारण सबैका लागि आचरसंहिता लागु भएकाले सबैले आ–आफ्नो ठाउँबाट पालना गर्न प्रजिअ पन्तले आग्रह गर्नुभयो ।

आचारसंहिताको पालना गर्न र कोही कतैबाट उल्लंघन भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि प्रजिअ पन्तको आग्रह थियो । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई पनि नभएको प्रजिअ को भनाई थियो ।

जिल्ला अदालत पाल्पाका श्रेष्तदार तथा सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले  निर्वाचन सफल बनाउन आयोगले जारी गरेका ऐन, नियम, निर्देशिका, मापदण्ड, आचारसंहिता तथा निर्देशनहरुको पूर्णरुपमा पालना तथा कार्यान्वयनमा सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

पाल्पा बिकास केन्द्रले निर्वाचनलाई कसरी मर्यादित र भयरहित बनाउन सकिन्छ भन्ने विषयमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल र अन्तक्र्रिया गरिदै आएको छ । राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायत जिल्लाका विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुसँग छलफल, वहस र अन्तक्र्रियाले आचरसंहिता पालना र कार्यान्वयमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उपस्थिति भएका ब्यक्तिले व्यक्त गरे । केन्द्रले निष्पक्ष निर्वाचनका लागि गएको स्थानीय निर्वाचनमा पनि यस्तै कार्यक्रम सन्चालन गरेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago