एसईईको नतिजा गतवर्षको तुलनामा निकै खस्कियो

कास्की: एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसका कारण एसईईमा सहभागी हुने विद्यार्थीलाई सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर दिएका थिए । जसका कारण ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि सन्तोषजनक थियो ।
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएर नतिजा प्रकाशन गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलका अनुसार स्याङ्जामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एउटा पनि छैन । ‘यस वर्षको नतिजा लाजलाग्दो छ,’ उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी देखिएन ।’ कोभिड र वर्षाका कारण शैक्षिक सत्र समयमै सञ्चालन नहुने, असोजमा सुरु भएको शैक्षिक सत्र ६ महिनापछि बन्द हुँदा पाठ्यक्रम पनि अधुरै रहेको पौडेल बताउँछन् ।
समयमै विद्यालय गएर पठनपाठन गरेजस्तो अनलाइनमा पढेर नहुने उल्लेख गर्दै उनले सरकारी विद्यालयको नतिजा बर्सेनि खस्किँदै गएको बताए । ३.५ देखि ३.९ जीपीए ल्याउने विद्यार्थी जम्मा ६१ जना रहेको बताउँदै उनले थपे, ‘विज्ञान लिएर पढ्ने विद्यार्थीलाई समस्या देखियो । कि त ग्रेड बढाउन पुनः परीक्षा दिए मात्र हो ।’ उनका अनुसार अधिकांश विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर देखिएका छन् ।

कास्कीमा भने ४ जीपीए ल्याउने २ जना छन् । कास्कीका शिक्षा समन्वय इकाइ प्रमुख नारायण सुवेदीले गतवर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १५ रहेको बताए । ‘विद्यालयले मूल्यांकन गरेर दिएको नम्बर जस्तो परीक्षा बोर्डले लिँदा भएन,’ उनले भने, ‘सरकारी विद्यालय पनि कमजोर हुँदै गएका छन् ।’ उनले बर्सेनि एसईईको नतिजा खस्किँदै गएको बताए । स्याङ्जामा ४ हजार ८ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने कास्कीमा १० हजार ४ सय ४१ जना थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago