कास्की: एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसका कारण एसईईमा सहभागी हुने विद्यार्थीलाई सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर दिएका थिए । जसका कारण ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि सन्तोषजनक थियो ।
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएर नतिजा प्रकाशन गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलका अनुसार स्याङ्जामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एउटा पनि छैन । ‘यस वर्षको नतिजा लाजलाग्दो छ,’ उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी देखिएन ।’ कोभिड र वर्षाका कारण शैक्षिक सत्र समयमै सञ्चालन नहुने, असोजमा सुरु भएको शैक्षिक सत्र ६ महिनापछि बन्द हुँदा पाठ्यक्रम पनि अधुरै रहेको पौडेल बताउँछन् ।
समयमै विद्यालय गएर पठनपाठन गरेजस्तो अनलाइनमा पढेर नहुने उल्लेख गर्दै उनले सरकारी विद्यालयको नतिजा बर्सेनि खस्किँदै गएको बताए । ३.५ देखि ३.९ जीपीए ल्याउने विद्यार्थी जम्मा ६१ जना रहेको बताउँदै उनले थपे, ‘विज्ञान लिएर पढ्ने विद्यार्थीलाई समस्या देखियो । कि त ग्रेड बढाउन पुनः परीक्षा दिए मात्र हो ।’ उनका अनुसार अधिकांश विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर देखिएका छन् ।
कास्कीमा भने ४ जीपीए ल्याउने २ जना छन् । कास्कीका शिक्षा समन्वय इकाइ प्रमुख नारायण सुवेदीले गतवर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १५ रहेको बताए । ‘विद्यालयले मूल्यांकन गरेर दिएको नम्बर जस्तो परीक्षा बोर्डले लिँदा भएन,’ उनले भने, ‘सरकारी विद्यालय पनि कमजोर हुँदै गएका छन् ।’ उनले बर्सेनि एसईईको नतिजा खस्किँदै गएको बताए । स्याङ्जामा ४ हजार ८ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने कास्कीमा १० हजार ४ सय ४१ जना थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…