पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारत

काठमाडौँ: पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ । शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केमो पाउलले १९ रन, निकोलस पुरण १८ रन र केली मेयर्सले १५ रनको योगदान गरे । भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले समान २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रनको योगफल तयार पार्यो ।

भारतका कप्तान रोहित चन्दले ६४ रन, दिनेश कार्तिक ४१ रन, सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ र ऋषव पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago