असंलग्न आन्दोलनको सान्दर्भिकता बढेको छः सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन्।

अजरबैजानको राजधानी बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनलाई नेपालको संसदीय प्रतिनिनिधि मण्डलका तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धता व्यक्त गरे।

‘नेपालको प्रतिनिधिमण्डलका तर्फबाट सहयोग र ऐक्यवद्धताको बढ्दो स्तरको लागि असंलग्न आन्दोलनका सदस्यहरुसँग मिलेर काम गर्ने आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गर्दछ। प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि हामी आन्दोलनका नेताहरूलगायत विश्वका सबै नेताहरूलाई हातेमालो गर्न आह्वान गर्दछौँ,’ उनले भने।

सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अंगको रूपमा समेटेको जानकारी गराउँदै भने, ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनु पर्छ र कमजोर देशहरूको लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ।’

सम्बोधनका क्रममा सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुङ्गा सावित भएको उल्लेख गरे। यसले आन्दोलनभित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको उनको भनाइ थियो।

सभामुख सापकोटाले आफ्नो सम्बोधनका क्रममा भू–राजनीतिक तनावको उदयको बीचमा, विश्वले हतियारको दौडको अभूतपूर्व स्तर देखेको, महाशक्तिहरू र महत्वाकांक्षी शक्तिहरूबीच पनि सैन्य खर्च बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।यस्तै उनले जलवायु परिवर्तन मानव जातिको अस्तित्वलाई खतरामा पार्ने अर्को चुनौती रहेको चर्चा गरे।

सभामुख सापकोटाले कोभिड–१९ महामारीले मानवताका लागि ऐतिहासिक अनुपातका चुनौतीहरू छोड्ने र विश्वव्यापी रूपमा संक्रमणका घटनाहरू कमि आए पनि कम विकसित राष्ट्रहरुका लागि कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान अप्ठ्यारो काम हुने धारणा रारे।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago