फाइल फोटो
काठमाडौं । बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा करिब २ घण्टा संवाद गरेका गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
अपरान्ह ४ बजे खुलटार पुगेका उनी र प्रचण्डबीच यो समाचार तयार पार्दासम्म संवाद जारी छ। बिहीबारै ओलीसँग लामो छलफलपछि गौतमले दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताएका थिए। यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गर्न पुगेका थिए।
बुधबार नै समय लिएर बालकोट पुगेका गौतमले ओलीलाई आफ्नो आगामी ३ महिने अभियानबारे जानकारी गराएका थिए। उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।
नेकपा (एकता राष्ट्रिय अभियान)का सचिवालय सदस्य निमकान्त पान्डेका अनुसार अध्यक्ष गौतमले ओली र प्रचण्डपछि अन्य नेतासँग पनि वार्ता गर्दैछन्
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…
२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…
काठमाडौँ- राति १० बजेबाट सुरक्षाको नेतृत्व नेपाली सेनाले लिने
२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…
२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…